• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

अस्मिता मृत्यु प्रकरण : प्रहरीले समूह बनाएर थाल्यो अनुसन्धान

  •  संवाददाता
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेलधुराका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपाल र सङ्घीय प्रहरीबाट खटाइएका अनुसन्धान अधिकृत डिएसपी लक्ष्मण शाही इलाका प्रहरी कार्यालय जोगबुडाको प्राङ्गणमा रहेको प्रतीक्षालयमा बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई कमान्ड गरिरहेका छन् । डिएसपीद्वय अनिवार्य बाहेक कसैको फोन उठाउँदैनन् । कसैसँग भेटघाट पनि निषेध गरिएको छ ।

    मङ्गलवार आफन्तले शव बुझेर हिन्दु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेपछि प्रहरीले बल्ल २६ वर्षीया अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान सुरु गरेको हो । असार २ गते कोरोना विरुद्धको खोप बोकेर घरबाट हिँडेकी अस्मिताको चार दिनपछि गत शनिवार बीभत्स ढङ्गले हत्या गरेको अवस्थामा जङ्गलमा शव भेटिएपछि सङ्घीय प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान टोली जोगबुडा पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट डिएसपी नेपाल नेतृत्वको टोली पनि सोही दिन जोगबुडा पुगे पनि चार दिनपछि मात्रै प्रहरीले मङ्गलवारदेखि घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको हो ।

    ‘आफन्तहरूले शव नबुझुन्जेलसम्म दिनहुजसो कार्यालय घेराउ र आन्दोलनका कार्यक्रमहरु भइरहेकाले हामीले अनुसन्धान सुरु गर्न सकेनौ,’ सङ्घीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट अनुसन्धान टोलीको नेतृत्व गरिरहेका डिएसपी शाहीले भने,‘पोष्टमार्टपछि शव अन्त्येष्टि भएकाले मङ्गलवारदेखि विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालनी गरेका छौ ।’

    पहिलो दिनको अनुसन्धानका क्रममा प्रहरीले मृतक अस्मिता धामीले प्रयोग गरिरहेको मोबाइल भेटाएको छ । शव भेटिएको स्थानबाट झन्डै एकसे ५० मिटरको दुरीमा अस्मिताको मोबाइल भेटिएपछि कल डिटेलका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन सहज हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । प्रारम्भिक अनुसन्धानकै क्रममा थुप्रै सूचनाहरू प्राप्त गरेको दाबी गरिरहेका प्रहरीका अनुसन्धान अधिकृतहरूले चाँडै अस्मिता हत्याकाण्डको वास्तविकता बाहिर आउने दाबी गरिरहेका छन् ।

    अस्मिताको बलात्कारपछि हत्या भएको आशङ्का गरिएको अवस्थामा पोस्टमार्टम रिपोर्टले त्यस्तो नदेखाएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । ‘तर, पोस्टमार्टम रिर्पोटका सबै कुरा हामीले बताउन मिल्दैन,’अस्मिता हत्या प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान टोलीका तर्फबाट प्रवक्ता तोकिएका इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले भने,‘मृतक अस्मिताको भिसेरा परीक्षणका लागि केन्द्रमा पठाएका छौ ।’

    प्रहरीले घटनास्थल र आसपासका बस्तीहरूमा दर्जनौँ समूह बनाएर अनुसन्धान टोली खटाएको छ । यस क्रममा सयौँ स्थानीयसँग घटनाका विषयमा सोधपुछ गरिसकेको प्रहरीले जनाएको छ । अस्मिताको बीभत्स हत्या भएको घटनास्थल परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वन क्षेत्र र आसपासका सबै बस्तीमा छुट्टाछुट्टै टोली बनाएर व्यापक प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

    परशुराम नगरपालिकाले मृतकका परिवारलाई १० लाख नगद क्षतिपूर्ति दिने, मृतकका दुई छोरीहरूलाई मासिक एक हजारका दरले पढाई खर्च ब्योहर्ने र मृतक परिवारका एक जनालाई जागिर लगाइदिने सहमति भएपछि मङ्गलवार आफन्तले शव बुझेर दाहसंस्कार गरिएको हो । चाँडै घटनाको वास्तविकता ल्याउने गरी अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख डिएसपी नेपालले बताए ।

    • अनुसन्धान
    • अस्मिता मृत्यु प्रकरण
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
    गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.