• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

अस्मिता मृत्यु प्रकरण : प्रहरीले समूह बनाएर थाल्यो अनुसन्धान

  •  संवाददाता
  • बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    डडेलधुराका प्रहरी प्रमुख डिएसपी महेन्द्र नेपाल र सङ्घीय प्रहरीबाट खटाइएका अनुसन्धान अधिकृत डिएसपी लक्ष्मण शाही इलाका प्रहरी कार्यालय जोगबुडाको प्राङ्गणमा रहेको प्रतीक्षालयमा बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई कमान्ड गरिरहेका छन् । डिएसपीद्वय अनिवार्य बाहेक कसैको फोन उठाउँदैनन् । कसैसँग भेटघाट पनि निषेध गरिएको छ ।

    मङ्गलवार आफन्तले शव बुझेर हिन्दु धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरेपछि प्रहरीले बल्ल २६ वर्षीया अस्मिता धामी हत्या प्रकरणको अनुसन्धान सुरु गरेको हो । असार २ गते कोरोना विरुद्धको खोप बोकेर घरबाट हिँडेकी अस्मिताको चार दिनपछि गत शनिवार बीभत्स ढङ्गले हत्या गरेको अवस्थामा जङ्गलमा शव भेटिएपछि सङ्घीय प्रहरी, सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान टोली जोगबुडा पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट डिएसपी नेपाल नेतृत्वको टोली पनि सोही दिन जोगबुडा पुगे पनि चार दिनपछि मात्रै प्रहरीले मङ्गलवारदेखि घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको हो ।

    ‘आफन्तहरूले शव नबुझुन्जेलसम्म दिनहुजसो कार्यालय घेराउ र आन्दोलनका कार्यक्रमहरु भइरहेकाले हामीले अनुसन्धान सुरु गर्न सकेनौ,’ सङ्घीय प्रहरी इकाई कार्यालय महेन्द्रनगरबाट अनुसन्धान टोलीको नेतृत्व गरिरहेका डिएसपी शाहीले भने,‘पोष्टमार्टपछि शव अन्त्येष्टि भएकाले मङ्गलवारदेखि विभिन्न समूहमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालनी गरेका छौ ।’

    पहिलो दिनको अनुसन्धानका क्रममा प्रहरीले मृतक अस्मिता धामीले प्रयोग गरिरहेको मोबाइल भेटाएको छ । शव भेटिएको स्थानबाट झन्डै एकसे ५० मिटरको दुरीमा अस्मिताको मोबाइल भेटिएपछि कल डिटेलका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन सहज हुने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । प्रारम्भिक अनुसन्धानकै क्रममा थुप्रै सूचनाहरू प्राप्त गरेको दाबी गरिरहेका प्रहरीका अनुसन्धान अधिकृतहरूले चाँडै अस्मिता हत्याकाण्डको वास्तविकता बाहिर आउने दाबी गरिरहेका छन् ।

    अस्मिताको बलात्कारपछि हत्या भएको आशङ्का गरिएको अवस्थामा पोस्टमार्टम रिपोर्टले त्यस्तो नदेखाएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । ‘तर, पोस्टमार्टम रिर्पोटका सबै कुरा हामीले बताउन मिल्दैन,’अस्मिता हत्या प्रकरणको अनुसन्धानका क्रममा अनुसन्धान टोलीका तर्फबाट प्रवक्ता तोकिएका इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेश अवस्थीले भने,‘मृतक अस्मिताको भिसेरा परीक्षणका लागि केन्द्रमा पठाएका छौ ।’

    प्रहरीले घटनास्थल र आसपासका बस्तीहरूमा दर्जनौँ समूह बनाएर अनुसन्धान टोली खटाएको छ । यस क्रममा सयौँ स्थानीयसँग घटनाका विषयमा सोधपुछ गरिसकेको प्रहरीले जनाएको छ । अस्मिताको बीभत्स हत्या भएको घटनास्थल परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वन क्षेत्र र आसपासका सबै बस्तीमा छुट्टाछुट्टै टोली बनाएर व्यापक प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक अवस्थीले बताए ।

    परशुराम नगरपालिकाले मृतकका परिवारलाई १० लाख नगद क्षतिपूर्ति दिने, मृतकका दुई छोरीहरूलाई मासिक एक हजारका दरले पढाई खर्च ब्योहर्ने र मृतक परिवारका एक जनालाई जागिर लगाइदिने सहमति भएपछि मङ्गलवार आफन्तले शव बुझेर दाहसंस्कार गरिएको हो । चाँडै घटनाको वास्तविकता ल्याउने गरी अनुसन्धान तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी प्रमुख डिएसपी नेपालले बताए ।

    • अनुसन्धान
    • अस्मिता मृत्यु प्रकरण
    बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.