• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

  •  संवाददाता
  • बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०७८–०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् ।

    जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेकाले पारित भएको हो । गाउँपालिकाले कोभिड–१९, कृषि, स्वास्थ्य एवं रोजगारी सिर्जनासहित ८८ बुँदे नीति तथा कार्यक्रम पेश गरेको छ ।

    प्गmबचष् द्यबलप घण्ण्हद्दढण् लभधन्यिदब िक्ष्ःभ् द्यबलप ःभचष् गलष्बिष्ल्भउब िीषभ क्ष्लकगचबलअभ
    गाउँपालिकाले कृषिको विविधीकरण,आधुनिकीकरणमा विशेष प्राथमिकता दिदैं किसानलाई उन्नत बीउविजन र रैथाने बीउ उपलब्ध गराइने तथा वास्तविक किसानको पहिचान गरी अनुदान प्रदान गर्न कार्यविधि बनाएर लागू गर्ने नीति लिएको छ । ‘एक गाउँ एक प्राविधिक’ कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याइने नीति गाउँपालिकाको छ ।

    यसैगरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पालिका अस्पताल स्थापना गरी दीर्घरोग तथा अन्य रोग निदान, ल्याब र एक्सरेलगायत सेवालाई सुनिश्चिता गरिने, शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका भौतिक पूर्वाधार, सूचना प्रविधिको प्रयोग, समुदायिक विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातमा दिइने अनुदानमा वृद्धि, तथा पहिलो चरणमा माध्यामिक विद्यालयमा इ–हाजिरी लागू गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

    त्यस्तै स्थानीयवासीको आवतजावतमा सहजता ल्याउनका लागि घुसरी–काडा नदी र घैला नालामा झोलुङ्गे पुल निर्माण गरिने र प्रत्येक निर्माण तथा पूर्वाधार विकासमा विपद्जोखिम आंकलन गरी प्रकोप न्यूनीकरणका उपायलाई प्रभावकारी रुपमा कार्यान्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    सो अवसरमा अध्यक्ष चौधरीले शहरी विकास तथा भवन निर्माण मापदण्ड स्थानीय परिवेशका आधारमा लागू गरी भवन निर्माण नक्सा पूर्वस्वीकृत गर्ने कार्यलाई कडाईका साथ लागू गरिने बताए।

    त्यस्तै, कैलालीको जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमसमेत सर्वसम्मतले पारित भएको छ । आठौं गाउँ सभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पेश गरेको नीति तथा तथा कार्यक्रम सर्वसम्मतले पारित भएको हो । जानकीले कोभिडबाट पीडित तथा प्रभावित परिवारका बालबालिकाको संरक्षणको व्यवस्था गर्ने नीति लिएको छ ।

    गाउँपालिकाले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने, १५ शय्याको अस्पताल सञ्चालन गर्ने, पूर्ण पोषणका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन, बाल स्वास्थ्य, परिवार स्वास्थ्य, रोग नियन्त्रणका कार्यक्रम, महिला स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन, स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन तथा गुणस्तर सुधार गर्ने, स्वास्थ्य सूचना प्रणाली, स्वास्थ्य शिक्षा, निःशुल्क औषधि तथा व्यवस्थापन, यौन तथा एड्स रोग नियन्त्रण र कोभिड १९ को प्रतिकार्य कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

    यसैगरी भौतिक पुर्वाधार विकासका लागि ग्रामीण सडक विकास, पुलपुलेसा निमार्ण, विद्युतीकरणमा जोड, कालोपत्र भएका सडकमा ढलको विकास, बस्ती व्यवस्थित गर्ने, अपाङ्ग, महिला, ज्येष्ठ नागरिक मैत्री भवन निमार्ण, भवन संहिता कार्यान्वयन, वडा कार्यालयका भवन निर्माण र एक स्थानीय तह एक औद्योगिक ग्राम निमार्णमा जोड दिने नीति गाउँपालिकाको छ ।

    सामाजिक विकासका लागि सबैका लागि, सधैका लागि शिक्षा नारालाई मूर्तरुप दिन बालबालिकाको पहुँच बढाउने, शैक्षिक गुणस्तर सुधार गर्न सूचना र सञ्चार प्रविधिको प्रयोगमा जोड दिने, विद्यालय अनुगमन सुपरीवेक्षणमा जोड दिने, कार्य सम्पादनमा उत्कृष्ट सामुदायिक विद्यालय छनोट गरी प्रोत्साहन गर्ने नीति लिएको छ । लक्षित वर्गका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्ने, कु–सँस्कार र कुप्रथालाई हटाउँदै असल सामाजिक चालचलनको संस्थागत विकास गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि उचित तथा विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाको मापदण्डमा रहेकालाई सेवामा प्रभावकारिता बढाउने, पालिकास्तरमा ‘ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    गाउँपालिकाले कृषि उत्पादनमा जोड, कृषि यान्त्रिकीकरण, कृषि उपज बजारीकरण तथा प्रर्वद्धन, बीउ उत्पादन, सहकारी विकास, उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दीगो विकास, किसानलाई प्रोत्साहन, उद्यमशिलता, स्वरोजगारी, पशु विकासतर्फ छाडा पशुचौपायामा भ्याक्सिनेसन, पशुको नश्ल सुधार र पशु बिमामा जोड दिइने नीति गाउँपालिकाको छ । वन वाताबरण तथा विपद् व्यवस्थापनका लागि स्थानीय स्रोतसाधनको अधिकतम सदुपयोग गरी प्रतिफलमा आधारित योजना सञ्चालन गर्ने, जलवायु अनुकूलन तथा भूक्षय नियन्त्रण कार्यक्रम, दमकल, एम्बुलेन्स तथा शवदाह गृह र मसानघाट निर्माण, विपद् सामग्री भण्डारण गोदाम निर्माण, वृक्षारोपण कार्यक्रम, वायोग्याँस प्लान्ट अभियानका रुपमा सञ्चालन, प्राकृतिक स्रोत उत्खनन्को नियमन एवम् वन पैदावारबाट लघु उद्यम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

    त्यस्तै गाउँपालिकाले सामाजिक सुरक्षा, संस्थागत विकास तथा सुशासनका लागि विद्युतीय प्रणालीबाट सेवा सञ्चालन, कर्मचारीको क्षमता विकास, समयमा कर बुझाउनेलाई कर छुटको व्यवस्था, गाउँनगर प्रहरीको व्यवस्था, कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था, कर्मचारीको मनोबल बढाउने कार्यक्रमलगायत सञ्चालन गरिने नीति लिएको छ । यसैगरी धर्म सँस्कृति र कला संरक्षण, खानेपानी तथा सरसफाइ, सूचना तथा प्रविधिमा समेत जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    • जोशीपुर र जानकी
    • नीति तथा कार्यक्रम
    बिहिबार, असार १०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.