धनगढी,१० असार – घोडाघोडी नगरपालिकाले १३ औँ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित ८९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सहित ८९ करोड ९९ लाख ३३ हजार बराबरको बजेट नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बिहीबार प्रस्तुत गरेका हुन् ।
घोडाघोडी नगरपालिकामा ५ वटा शीर्षकमा बजेट विवरण गरिएको छ । जस अन्तरगत कुल बिकास बजेटको सबै भन्दा बढी ४३.४२ प्रतिशत बजेट पुर्वधार विकासमा छुट्टाइएको छ भने सबै भन्दा कम बन वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा २.७६ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यसै गरी प्रशासनिकव्यवस्थापनका लागी २६.४५ प्रतिशत,आर्थिक विकास तर्फ ७.६६ प्रतिशत र सामाजिक विकास तर्फ १९.७१ प्रतिशत बजेट छुट्टाइएको छ । घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय अनुमानित ४ करोड ५० लाख रुपैयाँ रहेको छ ।