डोटीमा बाख्रा चराउन गएकी पाँच वर्वीया बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छन्।
शनिबार दिउँसो जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा स्थानीय भीम मिजारकी छोरी मिनु मिजार बेपत्ता भएकी हुन्।
बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक नारायण दत्त बडुको नेतृत्वमा गएको टोली घटनास्थल पुगेको छ।