• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • २ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

बेरोजगार बनेपछि लागुऔषध कारोबारतर्फ युवायुवती

  •  संवाददाता
  • आइतबार, असार १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलाली र कञ्चनपुरमा युवायुवती लागुऔषध कारोबारमा संलग्न हुने क्रम बढ्दै गएको छ। लकडाउनका लम्बिदै गएपछि वेरोजगार बनेका युवायुवतीहरू लागुऔषध कारोबारमा लाग्न थालेको तथ्यांकले देखाएको छ।

    गएको जेठ १७ गते इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ दुधुवाफाँटामा दुई युवकलाई लागु औषधसहित पक्राउ गर्यो।

    से७प ८६४७ नम्बरको स्कुटर रोकेर जाँच गर्दा भजनी नगरपालिका–१ का गौनियाका २८ वर्षीय गणेश कोली र वडा नम्बर २ रजवाराका ३२ वर्षीय मनोज मल्ल पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ परे।

    २०७७ चैत १ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले २५ वर्षीय अशोक पालबाट लागुऔषद बरामद गर्यो।

    धनगढी उपहानगरपालिका–३ चटकपुर बोराडाँडीका पालबाट ५७० मिलिग्राम लागुऔषध बरामद भएको थियो। यी केही उदाहरण मात्र हुन्। कैलाली र कञ्चनपुरमा पछिल्लो समय लागुऔषध सेवन तथा कारोबार बढ्दै गएको तथ्यांकले देखाउँछ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो ११ महिनामा लागू औषधसहित प्रहरीले १२० जनालाई पक्राउ गरेको छ। गत वर्ष साउनदेखि यस वर्षको जेठसम्म लागुऔषधसहित १२० जना पक्राउ परेको कैलाली प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

    प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार पछिल्लो ११ महिनामा प्रहरीले १५ किलो चरेस बरामद गरेको छ। त्यस्तै ३१८ ग्राम ब्राउन सुगर बरामद गरेको छ। २ हजार १४७ ट्याब्लेट नाइट्रोभेट, १०१० ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ५२० ट्याब्लेट ट्रमाडोल लगायतका लागुऔषध पनि प्रहरीले बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा मात्रै लागुऔषध मुद्दामा २०० जनालाई पक्राउ गरेको छ। कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेकामध्ये ४ महिला र ९ जना भारतीय नागरिक रहेको जानकारी दिए।

    थापाका अनुसार पक्राउ परेकबाट २५० किलो चरेस र ८५० ग्राम ब्राउन सुगर बरामद भएको छ। यस्तै ६३० ट्याबलेट नाइट्रोभेट, ११६ ट्याबलेट स्पास्मो, ६ ट्याबलेट कोरेक्स, ६०० थान ट्रामाडोल पनि बरामद गरिएको छ।

    सरकारले बैशाख १६ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको थियो। यो अवधिमा पनि कैलाली र कञ्चनपुरमा लागुऔषध सेवन र कारोबारमा कमी आउन सकेन। गत जेठ २ गते कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको थियो।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाहबाट ‘प्रेस’ ज्याकेट दुरुपयोग गरेर लागुऔषध ओसार–पसार गरेको समेत फेला पार्यो।

    कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–४ बस्ने २५ वर्षीय नरेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले जोशीको साथबाट करिब ७ ग्राम खैरो हेरोइन लागुऔषध बरामद गरेको थियो।

    जेठ ६ गते कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–५ बनखेतका २८ वर्षीय योगेन्द्र ऐरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट जिमुवाबाट सहायक प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्ड र प्रहरी चौकी जिमुवाबाट प्रहरी सहायक निरीक्षक रमेश परियारको कमाण्डमा खटीएको संयुक्त पैदल सीमा गस्ती टोली उनलाई पक्राउ गरेको थियो।

    म २ प ५३४५ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट रसकोफ १ बोतल, सिम्प्लेक्स सी २४ ट्याब्लेट ब्राउन सुगर ०.१२ ग्राम बरामद भयो।

    प्रहरीले कैलाली र कञ्चनपुरबाट निषेधाज्ञा सुरु भएको वैशाख १६ यता हालसम्म लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। कञ्चनपुर प्रहरीले ६४ र कैलाली प्रहरीले १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ।

    प्रहरी अधिकारीका अनुसार लागुऔषध कारोबारमा संलग्नमध्ये अधिकांश युवा छन्। बेरोजगार भएका कारण लागुऔषध सेवन र ओसार–पसारमा युवाहरुको संलग्नता बढेको कैलालीका प्रहरी प्रवक्ता विष्ट बताउँछन्। ‘प्रायः युवा बेरोजगार हुन्छन्, त्यसपछि साथीभाइको लहैलहीमा सुरुमा लागू पर्दाथ सेवन गर्छन्’ विष्ट भन्छन्, ‘पछि उनीहरु नै ओसार–पसार लागेको देखिन्छ।’

    प्रहरी कार्यालयका अनुसार कैलाली र कञ्चनपुरका खुल्ला नाकाबाट बढी मात्रामा लागुऔषध भित्रिन थालेको छ। खुला सीमा र सीमानजिकै लागुऔषध सजिलै किनबेच हुने गरेकोले यी क्षेत्र लागुऔषधको ट्रान्जिट बन्दै गएको प्रहरीको अनुमान छ।

    नेपालको सरकारी तथ्यांक अनुसार सन् १९७० को दशकमा हिप्पीको प्रवेशसँग नेपालमा लागुऔषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ। नेपालमा अहिले दुई लाखभन्दा बढी लागुऔषधको कुलतमा फसेका छन्। ती मध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर, किशोरी रहेको तथ्यांकले देखाउँछ।

    लागुऔषध सेवन गर्ने युवतीहरूको संख्या करिब ४० हजार छ। किशोर। किशोरीहरु चुरोट, सुर्ती, रक्सी, गाँजाबाट हुँदै लागु पदार्थको लतमा प्रवेश गर्ने गरेको प्रहरीको भनाइ छ। त्यसपछि डेनड्राइट सुघ्ने र चक्की प्रयोग गर्ने हुँदै उनीहरु इन्जेक्सन लगाउने अवस्थासम्म पुग्छन्। विशेष गरी लागु औषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरु बताउँछन्।

    • युवायुवती
    • लागुऔषध
    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.