• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, चैत १३, २०७९ | Monday 27th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ४ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

बेरोजगार बनेपछि लागुऔषध कारोबारतर्फ युवायुवती

  •  संवाददाता
  • आइतबार, असार १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलाली र कञ्चनपुरमा युवायुवती लागुऔषध कारोबारमा संलग्न हुने क्रम बढ्दै गएको छ। लकडाउनका लम्बिदै गएपछि वेरोजगार बनेका युवायुवतीहरू लागुऔषध कारोबारमा लाग्न थालेको तथ्यांकले देखाएको छ।

    गएको जेठ १७ गते इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–५ दुधुवाफाँटामा दुई युवकलाई लागु औषधसहित पक्राउ गर्यो।

    से७प ८६४७ नम्बरको स्कुटर रोकेर जाँच गर्दा भजनी नगरपालिका–१ का गौनियाका २८ वर्षीय गणेश कोली र वडा नम्बर २ रजवाराका ३२ वर्षीय मनोज मल्ल पाँच ग्राम खैरो हेरोइनसहित पक्राउ परे।

    २०७७ चैत १ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अपराध अनुसन्धान समूह तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले २५ वर्षीय अशोक पालबाट लागुऔषद बरामद गर्यो।

    धनगढी उपहानगरपालिका–३ चटकपुर बोराडाँडीका पालबाट ५७० मिलिग्राम लागुऔषध बरामद भएको थियो। यी केही उदाहरण मात्र हुन्। कैलाली र कञ्चनपुरमा पछिल्लो समय लागुऔषध सेवन तथा कारोबार बढ्दै गएको तथ्यांकले देखाउँछ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो ११ महिनामा लागू औषधसहित प्रहरीले १२० जनालाई पक्राउ गरेको छ। गत वर्ष साउनदेखि यस वर्षको जेठसम्म लागुऔषधसहित १२० जना पक्राउ परेको कैलाली प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

    प्रहरी नायब उपरीक्षक बिष्टका अनुसार पछिल्लो ११ महिनामा प्रहरीले १५ किलो चरेस बरामद गरेको छ। त्यस्तै ३१८ ग्राम ब्राउन सुगर बरामद गरेको छ। २ हजार १४७ ट्याब्लेट नाइट्रोभेट, १०१० ट्याब्लेट स्पास्मोप्रोक्सोभन, ५२० ट्याब्लेट ट्रमाडोल लगायतका लागुऔषध पनि प्रहरीले बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्षमा मात्रै लागुऔषध मुद्दामा २०० जनालाई पक्राउ गरेको छ। कञ्चनपुर प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ परेकामध्ये ४ महिला र ९ जना भारतीय नागरिक रहेको जानकारी दिए।

    थापाका अनुसार पक्राउ परेकबाट २५० किलो चरेस र ८५० ग्राम ब्राउन सुगर बरामद भएको छ। यस्तै ६३० ट्याबलेट नाइट्रोभेट, ११६ ट्याबलेट स्पास्मो, ६ ट्याबलेट कोरेक्स, ६०० थान ट्रामाडोल पनि बरामद गरिएको छ।

    सरकारले बैशाख १६ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको थियो। यो अवधिमा पनि कैलाली र कञ्चनपुरमा लागुऔषध सेवन र कारोबारमा कमी आउन सकेन। गत जेठ २ गते कञ्चनपुरको बेलडाँडीबाट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको थियो।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट भुडा र झिलमिलाबाट खटिएको संयुक्त पैदल सीमा गस्ती टोलीले बेलडाँडी गाउँपालिका वडा नम्बर ०३ वैवाहबाट ‘प्रेस’ ज्याकेट दुरुपयोग गरेर लागुऔषध ओसार–पसार गरेको समेत फेला पार्यो।

    कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–४ बस्ने २५ वर्षीय नरेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले जोशीको साथबाट करिब ७ ग्राम खैरो हेरोइन लागुऔषध बरामद गरेको थियो।

    जेठ ६ गते कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–५ बनखेतका २८ वर्षीय योगेन्द्र ऐरीलाई लागुऔषधसहित पक्राउ गरेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट जिमुवाबाट सहायक प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्ड र प्रहरी चौकी जिमुवाबाट प्रहरी सहायक निरीक्षक रमेश परियारको कमाण्डमा खटीएको संयुक्त पैदल सीमा गस्ती टोली उनलाई पक्राउ गरेको थियो।

    म २ प ५३४५ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट रसकोफ १ बोतल, सिम्प्लेक्स सी २४ ट्याब्लेट ब्राउन सुगर ०.१२ ग्राम बरामद भयो।

    प्रहरीले कैलाली र कञ्चनपुरबाट निषेधाज्ञा सुरु भएको वैशाख १६ यता हालसम्म लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ। कञ्चनपुर प्रहरीले ६४ र कैलाली प्रहरीले १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको जनाइएको छ।

    प्रहरी अधिकारीका अनुसार लागुऔषध कारोबारमा संलग्नमध्ये अधिकांश युवा छन्। बेरोजगार भएका कारण लागुऔषध सेवन र ओसार–पसारमा युवाहरुको संलग्नता बढेको कैलालीका प्रहरी प्रवक्ता विष्ट बताउँछन्। ‘प्रायः युवा बेरोजगार हुन्छन्, त्यसपछि साथीभाइको लहैलहीमा सुरुमा लागू पर्दाथ सेवन गर्छन्’ विष्ट भन्छन्, ‘पछि उनीहरु नै ओसार–पसार लागेको देखिन्छ।’

    प्रहरी कार्यालयका अनुसार कैलाली र कञ्चनपुरका खुल्ला नाकाबाट बढी मात्रामा लागुऔषध भित्रिन थालेको छ। खुला सीमा र सीमानजिकै लागुऔषध सजिलै किनबेच हुने गरेकोले यी क्षेत्र लागुऔषधको ट्रान्जिट बन्दै गएको प्रहरीको अनुमान छ।

    नेपालको सरकारी तथ्यांक अनुसार सन् १९७० को दशकमा हिप्पीको प्रवेशसँग नेपालमा लागुऔषध सेवन गर्नेको संख्या वृद्धि भएको पाइन्छ। नेपालमा अहिले दुई लाखभन्दा बढी लागुऔषधको कुलतमा फसेका छन्। ती मध्ये ८० प्रतिशत सात कक्षादेखि १२ कक्षासम्म पढ्ने किशोर, किशोरी रहेको तथ्यांकले देखाउँछ।

    लागुऔषध सेवन गर्ने युवतीहरूको संख्या करिब ४० हजार छ। किशोर। किशोरीहरु चुरोट, सुर्ती, रक्सी, गाँजाबाट हुँदै लागु पदार्थको लतमा प्रवेश गर्ने गरेको प्रहरीको भनाइ छ। त्यसपछि डेनड्राइट सुघ्ने र चक्की प्रयोग गर्ने हुँदै उनीहरु इन्जेक्सन लगाउने अवस्थासम्म पुग्छन्। विशेष गरी लागु औषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीहरूलाई प्रयोग गर्ने गरेको सुरक्षा अधिकारीहरु बताउँछन्।

    • युवायुवती
    • लागुऔषध
    आइतबार, असार १३, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.