नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेल्धूरास्थित आफ्नो शाखा कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गर्दै एक करोड २४ लाख ४८ हजार रुपैयाँको मृत्यू दावी भुक्तानी गरेको छ ।
स्व.पदम राज पन्तका परिवारलाई उक्त रकम भुक्तानी गरिएको कम्पनिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।दिवंगत पन्तले सन् २०२१ को फेब्रअरी २२ का दिन ७० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १५ वर्षे अमृत श्री सावधिक जीवन वीमालेख खरीद गरेका थिए ।
पन्तको सन् २०२१ मार्च ६ का दिन जिप दुर्घटनामा परी निधन भयो ।
उनको निधन भएपछि कम्पनीले वीमा दावी वापत उक्त रकम स्व।पन्तको इच्छ्याइएको व्यक्ति उनकी श्रीमती बिमला देबी पन्तलाई भुक्तानी गरेको हो ।
उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेल्धूरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेका हुन् ।