धनगढीमा गरिएको कोरोना परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४ नमुना मध्ये १८ जनाको पोजेटिभ र ६४ जनाको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनका अनुसार सङ्क्रमित हरुमा ८ जना धनगढीका,९ जना कैलालीकै अन्य ठाउँका र एक जना कैलाली बाहिरका छन् । पछिल्लो २४ घण्टामा ६ जना निको भएका छन् भने ३ नयाँ सङ्क्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्थायी कोरोना अस्पतालमा १५ सङ्क्रमित उपचाररत छन् ।
सेती अपडेट : १८ जनामा सङ्क्रमण,६ जना निको भए
सेती अपडेट : १८ जनामा सङ्क्रमण,६ जना निको भए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु