कैलालीको गौरीगङ्गा नगरपालिका ३ भोजपुरमा रहेको जुनकिरी बाल विकासलाई नरेन्द्र शाह स्मृति प्राविमा रूपान्तरण गरिएको छ । कोरोना वाट ज्यान गुमाएका वडाध्यक्ष नरेन्द्र शाहको सम्झनामा बाल विकासलाई प्रावि बनाइएको हो । सोमबार एक कार्यक्रमका बिच नगर प्रमुख भीम बहादुर देउवाले रूपान्तरित प्राविको उद्घाटन गरेका छन् ।
कार्यक्रममा बन्दै नगर प्रमुख देउवाले गौरिगङालाइ शैक्षिक हब बनाइने बताए ।
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/06/received_498229741281620-135x300.jpeg)
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/06/received_411696973314551-300x135.jpeg)
हाल नरेन्द्र शाह स्मृति प्राविमा बालबालिका र एक कक्षा पढाइ हुने नगर प्रमुख का स्वकीय सचिव केशर बोगटीले बताए । हरेक वर्ष एक एक कक्षा थप्दै जाने र आवश्यक दरबन्दी नगरपालिकाले व्यवस्थापन गर्ने उनले जानकारी दिए ।