बेलडाँडी गाउँपालिका–५ झिलमिलास्थित चौधर नदीमा नुहाउने क्रममा डुबेर १५ वर्षीय करन सुनारको मृत्यु भएको छ।
नुहाउने क्रममा नदीमा डुबेका सुनारको शव सशस्त्र प्रहरीको खोज तथा उद्धार ९गोताखोर० टोलीले पाँच घण्टा सम्मको खोजतलास पछि फेला पारेको हो।
नदीभित्र काठ तथा तारको जालीमा फसेको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए। शव आफन्त र नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।