गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।
गृह मन्त्रालयले मङ्गलवार साँझ कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।
गृह उच्च स्रोतका अनुसार मन्त्रालयका उपसचिव कृष्ण प्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ। मन्त्रालयकै अर्का सह-सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ। कञ्चनपुरका रामकुमार महतो सर्लाही पुगेका छन् भने धनकुटाका प्रजिअ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङ मन्त्रालय तानिएका छन् ।
यसैगरी जुम्लाको प्रजिअमा मन्त्रालयकी उपसचिव विजया प्रसाईँलाई पठाइएको छ। जुम्लाका प्रजिअ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरण पुर्याइएको छ। मुस्ताङमा पोखराका सहायक सिडिओ श्रीनाथ पौडेललाई पठाएको छ भने रुकुम पूर्वका लागि उपसचिव लक्ष्मी प्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ।