धनगढी – कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली नदीमा अन्दाजी ४७ वर्षका पुरुषको शव फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
बुधबार साँझ ५ बजे फेला परेको शव शनाखत भइ नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि महाकाली अस्पताल लगीएको जनाइएको छ ।