• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

कम्प्युटरमा काम गर्नेले खानै पर्ने खानेकुराहरू !

  •  संवाददाता
  • बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लामो समय कम्प्युटरमा एकोहोरो काम गर्दा शरीरका विभिन्न भागमा असर गरिरहेको हुन्छ । कम्प्युटरमा लामो समय काम गर्दा बढी असर आँखामा पारिरहेको हुन्छ र यसलाई थाहा पनि पाइरहेका हुन्छन् । लामो समय कम्प्युटरमा काम गर्दा शरीरको अन्य भागमा पनि विभिन्न किसिमका समस्याहरू देखा पर्ने गर्छ ।

    कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिको शरीरमा बोसोको मात्रा बढेर मोटोपन पनि भइरहेको हुन्छ । यो बाहेक नशा र ढाड कम्मर सम्बन्धी विभिन्न किसिमका समस्याहरू पनि देखा पर्ने गर्छ ।

    यदि कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूमा आँखामा मात्र समस्या हुँदैन । एकै स्थानमा लामो समय बसेर काम गर्दा मोटोपन समेत देखिन सक्छ । त्यसैले कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूले आफ्नो दैनिक खानपिनमा यस्ता किसिमका खानेकुराहरू समावेश गर्दा विभिन्न किसिमका समस्याहरूलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

    केरा

    एकै स्थानमा बसेर लामो समय काम गर्दा बेग्लै बेग्लै किसिमको थकान महसुस हुने गर्छ । त्यसैले लामो समय कम्प्युटरमा काम गर्नुहुन्छ भने केराको नियमित सेवन गर्ने गर्नुहोस् । केरामा पोटासियम पाइन्छ । यसले शरीरमा ऊर्जा प्रदान गर्ने हुनाले कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने बेलाबेलामा केराको सेवन गर्नु राम्रो मानिन्छ ।

    दही

    दहीमा प्रो–बायोटिक ब्याक्टेरियाको मात्रा धेरै पाइन्छ । यसमा पाचन क्रियालाई बलियो बनाउने राम्रो ब्याक्टेरियाहरू पाइन्छ । कम्प्युटरमा लामो समय बसेर काम गर्दा खाएको खानेकुराहरू राम्ररी नपच्ने समस्या समेत देखिन्छ । खानेकुराहरू राम्ररी पचेन भने कब्जियतको समस्या देखा पर्छ । यस्तै गरी ग्याँस बन्ने समस्या पनि देखिन्छ । त्यसैले यदि तपाई लामो समय कम्प्युटरमा बसेर काम गर्नुहुन्छ भने आफ्नो भोजनमा अनिवार्य रूपमा दहीलाई समावेश गर्नुपर्छ ।

    स्याउ

    एकै स्थानमा बसेर लामो समय काम गर्दा पाचन प्रक्रिया सजिलो हुदैंन । त्यसैले लामो समय कम्प्युटरमा बसेर काम गर्ने गर्ने गर्नु भएको छ भने आफ्नो खानपिनमा स्याउलाई पनि समावेश गर्नु राम्रो हुन्छ । स्याउमा फाइबरको मात्रा प्रशस्त हुने हुनाले यसले खानालाई राम्ररी पचाउन मद्दत गर्छ । नियमित स्याउको सेवनले एकै स्थानमा लामो समय बसेर हुने ग्याँसको समस्यालाई पनि कम गर्छ ।

    दूध

    कम्प्युटरमा लामो समय काम गर्ने गर्नु भएको छ भने तपाईँले आफ्नो खानपिनमा दूधलाई पनि अनिवार्य रूपमा समावेश गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । दूधमा भिटामिन ए, प्रोटिन लगायत विभिन्न पोषक तत्त्वहरूको मात्रा प्रशस्त हुन्छ । यसले आँखाको रोशनी बढाउन मद्दत गर्छ । त्यसैले कम्प्युटरमा लामो समय बसेर काम गर्ने गर्नु भएको छ र आँखामा कुनै किसिमको समस्या नआओस् भन्ने चाहनु हुन्छ भने तपाईँले आफ्नो भोजनमा दूधलाई अनिवार्य समावेश गर्नु होला ।

    हरियो धनियाँ

    कम्प्युटरमा लामो समय काम गर्ने व्यक्तिहरूले आफ्नो खानपानमा हरियो धनियाँलाई पनि समावेश गर्नुपर्छ । हरियो धनियाँमा क्यारोटीनोइड नामक पदार्थ पनि पाइन्छ । यसले आँखाको ज्योतिलाई बढाउने काम गर्छ । त्यसैले कम्प्युटरमा लामो समय काम गरेर आँखामा हुने समस्यालाई कम गर्न हरियो धनियाँको सेवन गर्नु राम्रो मानिन्छ ।

    कागती पानी

    कम्प्युटरमा लामो समय रहेर काम गर्दा शरीरमा थकान महसुस हुन सक्छ । त्यसैले कम्प्युटरमा बसेर लामो समय काम गर्ने गर्नु भएको छ भने कागती पानीको सेवनलाई अनिवार्य रूपमा गर्ने गर्नुहोस् । कागती पानीको सेवनले शरीरको थकानलाई कम गर्न मद्दत गर्नुका साथै एकै स्थानमा बसेर काम गर्दा भएको मोटोपनलाई पनि नियन्त्रणमा राख्ने काम गर्छ ।

    डार्क चकलेट

    कम्प्युटरमा लामो समय काम गर्नुहुन्छ भने तपाईँले आफ्नो खानपिनमा डार्क चकलेटलाई समावेश गर्नु राम्रो हुन्छ । डार्क चकलेटमा एन्टि अक्सिडेन्टको मात्रा रहेको हुन्छ । यसले शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । यो बाहेक लामो समय कम्प्युटरमा बसेर काम गर्ने क्रममा ढाडमा विभिन्न समस्याहरू देखा पर्न पनि सक्छ । यस्ता किसिमको दुखाइबाट राहत पाउन डार्क चकलेटले धेरै नै मद्दत गर्छ ।

    • खानेकुरा
    • जीवनशैली
    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.