कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू भएको छ ।
पुलको पूर्वतर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकोमा मर्मतपछि सुचारू गरिएको हो ।
उक्त पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधिभन्दा झण्डै नौ महिनाअगाडि निर्माण सम्पन्न गरेको थियो ।