• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
  • २० घण्टा अगाडि

भन्सारमा ९ सय गाडी अलपत्र
  • २० घण्टा अगाडि

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • ३ दिन अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • ४ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • ४ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • ४ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • ४ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • ४ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • ४ दिन अगाडि

Advertisement

बाढीपहिरोबाट घरबारविहीन भएकालाई अस्थायी आवास निर्माण गरिने

  •  संवाददाता
  • शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउन तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए।

    उनले भने, ‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ। त्यो प्राप्त हुन बित्तिकै अस्थायी आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ।’

    उनले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरू पुनर्निर्माण लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ताबापत रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनको कोषमा पठाएको पनि उनले जानकारी दिए।

    उनले यस वर्ष जेठ २८ गतेसम्म शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको बताए। मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएका र ३२ जना घाइते भएका प्रवक्ता अर्यालले बताए।

    बाढीपहिरोबाट ४८३ निजी घरहरू पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आंशिक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उनले जानकारी दिए।

    त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तीय संस्थाको भवनमा क्षति भएको पनि उनले बताए। विपदबाट प्रभावितहरूका लागि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम गरिएको उनले जानकारी दिए।

    मौसम पूर्वानुमान महाशाखासँग समन्वय गरी विपद् आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्वसुचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उनले बताए। ९ जिल्लाका ३६ पालिकाहरूमा प्रभावमा आधारित पूर्वसुचना प्रणाली जडान गरिएको पनि उनले उल्लेख गरे।

    हाल सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडकखण्डहरू अवरुद्ध भएका र सडक डिभिजन कार्यालय, स्थानीय तहहरूले सडक खुलाउने काम भइरहेको उनले बताए।

    • बाढीपहिरो
    शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’
    भन्सारमा ९ सय गाडी अलपत्र
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    • भर्खरै
    • चर्चित
    • १.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • २.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ३.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • ४.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ५.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ६.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ७.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ८.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ९.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • १०.
      कैलालीमा एक पुरुष मृत फेला

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ३.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ४.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ५.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    • ६.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • ७.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • ८.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ९.
      ४८ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा

    • १०.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.