कोरोना महामारीले थलिएको घोडिघोडी तालमा पर्यटकको आकर्षण बढ्दै गएको छ।लामो समयको बन्दाबन्दी पछि सुनसान घोडाघोडीमा पर्यटकको आकर्षण बढ्न थालेको हो ।
विश्व रामसार सूचिमा सूचीकृत घोडाघोडी तालको पुरानो नाम कपिलमुनि रहेको थियो स्थानीय मन्दिरमा बस्ने बटुक तथा शिक्षकहरुका अनुसार सत युगमा घोडाघोडीमा भगवान्
विष्णु र लक्ष्मी घुम्दै जाँदा बिचमा ताल देखेर मोहित भएका थिए,सोही क्रममा भगवान् विष्णु दायाँ पट्टि र देवी लक्ष्मी बाँया पट्टि बाट घुम्दै जाँदा घोडा र घोडीको भेट नभएको घोडा र घोडीले पानी नपाएर बिचैमा मृत्यु भएका हुनाले कपिलमुनिबाट घोडाघोडीमा रहन गएको मान्यता रहेको छ।
घोडाघोडी तालको झट्ट हेर्दा धैरै मोहित हुने गर्दछन् पहिले कपिलमुनिमा १० गाउँ डुबेको र रातिको समयमा ओखलमा मुसलले धान कुटेको सुनिने र रातिको समयमा तालभित्र मानिसहरू पनि बोलेको सुनिने गुरुकुलका प्रधानाध्यापक शंकर प्रसाद सञ्जालले बताउनु भयो।
शुन्दरताले भरिपूर्ण घोडागोडि तालमा विभिन्न किसिमका हास चराचुरुङ्गी गोही माछा जस्ता विभिन्न स्तनधारी पंक्षि पाइने गर्दछन् ।