• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

सडक मजदुर २१ महिनादेखि तलबविहीन

"सडकमै अनसन सुरु "
  •  संवाददाता
  • शनिबार, असार १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी पाटन–पञ्चेश्वर सडकमा कार्यरत लेन्थवर्कर ९सडक मजदुर०हरुले २१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै शुक्रबारदेखि सडकमै अनसन सुरु गरेका छन्। पारिश्रमिकका लागि सरकारलाई दबाव दिन रिले अनशन सुरु गरिएको उनीहरुको भनाइ छ।

    २०७६ असोजदेखि पारश्रमिक नपाएको भन्दै उनीहरुले पाटन–पञ्चेश्वर सडकको जिरो प्वाइन्ट पाटनमा रिले अनशन सुरु गरिएका छन्। तलब माग्दा दिलाउँछौ भन्ने आश्वासन मात्रै पाएकाले सरकारलाई दबाव दिन अनसन सुरु गरेको लेन्थवर्कर जयराम भुलले बताए। ‘हामीहरुलाई सरकारले धेरै ढाँटेको छ र हेपेको छ,’ उनले भने, ‘अब तलब नपाउँदासम्म अनसन तोड्दैनौं।’

    संघीय सरकार मातहत रहेको पाटन–पञ्चेश्वर सडक अहिले प्रदेश सरकार मातहत रहेको छ। सडक डिभिजन कार्यालयले पूर्वाधार विकास कार्यालयलाई उक्त सडक हस्तान्तरण गर्ने बेला लेन्थवर्करलाई हस्तान्तरण गरेको थियो। प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करहरुले तीन महिनाको तलब पनि बुझेका थिए। तर, २०७६ साल असोजदेखि आफूहरुले पारश्रमिक नपाएको हरजित महराले बताए।

    ‘तलब नपाएको विषयमा संघीय सांसददेखि प्रदेश सांसद, मन्त्रीसम्म जानकारी गरायौं। तर, कसैले हाम्रो समस्या समाधान गरिदिएन्। हामी सडकमा काम गर्ने मजदुरको पीडा सरकारले देखेन,’ उनले भने, ‘अहिलेसम्म आश्वासन मात्रै दिए, सरकारले हाम्रो पीडा बोध गरोस् भनेर हामीले अनसन बस्न बाध्य भयौं।’

    वर्षौंदेखि काम गर्दै आएको ठाउँमा अलपत्र पार्ने काम सरकारले गरेको लक्ष्मी पन्तको गुनासो छ। ‘हामीलाई घर न घाटको बनाइएको छ,’ उनले भनिन्, ‘हाम्रो व्यवस्थापन नहुँदासम्म आन्दोलन जारी रहन्छ। अब हामी सडकमा उत्रिसकेका छौं।’

    प्रदेश सरकार मातहत आएपछि आफूहरुको रोजीरोटी खोज्ने प्रयास भएको लालसिंह धामीले आरोप लगाए। ‘सडक डिभिजन कार्यालय मातहत पाटन–पञ्चेश्वर सडक हुँदा हामीलाई कुनै समस्या थिएन,’ उनले भने, ‘तर, सडक प्रदेश सरकार मातहत गएपछि समस्यामा परेको छौं।’

    १० वर्षदेखि काम गर्दै आएका मजदुरहरुले समस्या समाधान नभए सडक संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।

    सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले लेन्थवर्करहरुलाई काम गर्न मौखिम रुपमा निर्देशन दिनुका साथै व्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए। यस्तै, निवर्तमान संघीय सांसद दामोदर भण्डारीले प्रदेश मातहत गएको सडक भएकाले प्रदेश सरकारले नै उनीहरुको व्यवस्थापन गर्नुपर्ने बताए। यसअघि बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टले पनि संसदमा उनीहरुको पारिश्रमिकको बिषयमा कुरा उठाएका थिए।

    यसअघि सडक मजदुरहरुले बिहीबार पारिश्रमिक दिलाइदिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। पाटन–पञ्चेश्वर सडकमा १२ जनाले काम गर्दै आइरहेका छन्।

    • तलबविहीन
    • सडकमै अनसन
    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.