• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १३ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

बाढी पहिरोमा परेर ४० जनाको मृत्यु, २४ जना अझै बेपत्ता !

  •  संवाददाता
  • शनिबार, असार १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावका कारण धेरै ठाउँमा अहिले वर्षा भइरहेको छ। वर्षासँगै आएको बाढी र पहिरोमा परेर पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ।

    अविरल वर्षासँगै शनिबार बिहान खसेको पहिरोमा पुरिएर गोरखामा एकै परिवारका २ जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–७ उपल्लो गोहारेमा पहिरोले पुरिएर ८६ वर्षीय रमन पाण्डे र उनकी श्रीमती ६८ वर्षीया नन्दकुमार पाण्डेको मृत्यु भएको हो।

    ६० मिटर माथिबाट खसेको पहिरोले पुरेर घरमा रहेका दम्पत्तिको मृत्यु भएको हो। रिसानचोक गाउँपालिका–७ का वडाध्यक्ष सुरज ढकालका अनुसार घरमा दुईजना श्रीमान्–श्रीमती मात्रै बस्दै आएका थिए।

    गोरखामै खोलाले बगाएर अर्का १ जना युवकको मृत्यु भएको छ। अरुघाट गाउँपालिका–३ सोतीस्थित फुङ्गी खोलाले बगाउँदा आरुघाट–१ श्यामचेतका किरण लामाको मृत्यु भएको हो।

    बिहान खोला तर्ने फुङ्गी खोलामा आएको भेलले बगाएर किरणलाई करिब २० मिटर तल पुर्‍याएको थियो। बेहोस अवस्थामा किरणको उद्दार गरी स्थानीयले उनलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याएका थिए। तर, चिकित्सकले बिहान ११ बजे किरणलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश दाहालले जानकारी दिए।

    शुक्रबार राति पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सडक माथिबाट पहिरो खस्दा गुडिरहेका गाडीमा सवार २ जनाको मृत्यु भएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सडक माथिबाट खसेको पहिरोमा ६ वटा सवारी साधन पुरिएका छन्।

    काठमाडौं आउँदै गरेको ना ८ ख ४५४० नम्बरको ट्रक माथि पहिरो खस्दा सहचालक चितवन घर भएका दोर्जे भनिने बिरबल प्रजाको मृत्यु भएको छ। यस्तै, ना ७ ख ३२० नम्बरको केन्टनरमा सवार भारत घर भएकी सोनी देवीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ। चेपाङको शव ट्रकमा च्यापिएको अवस्थामा छ भने भारतीय नागरिक सोनी देवीको पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

    पहिरोले बा १२ च ७१५६ नम्बरको भ्यान, ना ७ख ३२० नम्बरको कन्टेनर, भारतीय नम्बरप्लेट टीएन २८ एए– ०१२० को ट्रक, बा १ ग २८३१ नम्बरको र ना ८ ख ४५४० नम्बरको ट्रकमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

    शनिबार दिउँसो उदयपुरको चौदण्डी नगरपालिका–७ बेल्टारस्थित द्वार खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। खोला तर्ने क्रममा बगेर चोदण्डी नगरपालिका–६ बेल्टारका ६५ वर्षीय गुमेश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

    मनसुन सक्रिय भएयता ४० जनाको मृत्यु
    पछिल्लो २४ घण्टामा मृत्यु भएका ६ जनासँगै यस वर्ष मनसुन सक्रिय भएपछि असार महिना यता मात्रै बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार असारयता २१ जना पुरुष, ११ जना महिला, ३ बाल र २ बालिकाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो।

    गत असारयता बाढी तथा पहिरोमा परी सिन्धुपाल्चोकमा ५, गोरखामा ४, डोटीमा ४, रोल्पामा ३ जनाको मृत्यु भएको छ। यस्तै, धादिङ, चितवन, तनहुँ, प्युठान र रौतहटमा २र२ जना तथा उदयपुर, ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचचर, बझाङ र बाजुरा जिल्लामा १र१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

    बाढी तथा पहिरोमा परेर अझै २४ जना बेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना अझै बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ।

    • बाढी पहिरो
    • बेपत्ता
    • मृत्यु
    शनिबार, असार १९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.