धनगढी – शनिबार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना परीक्षण शून्यमा झरेको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा कुनै पनि नमुनाको परीक्षण नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट २ जना संक्रमित डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।