जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले भोलि असार २२ गते मंगलबारदेखि दोस्रो डोजको खोप लगाउने भएको छ ।
गत जेठ २५ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ९देशभर० ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नाागरिकलाई चिनियाँ खोपको पहिलो डोज खोप लगाईएको थियो ।
उक्त खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार बढी नागरिकलाई असार २२ गतेदेखि दोस्रो डोज खोप लगाईने तयारी भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।
विभागले अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाईने जनाएको छ ।