मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै नेपाल आयल निगमले इन्धनको मूल्य फेरी बढाएको छ ।
निगमद्वारा जारी विज्ञप्ति अनुसार आजबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो ।
त्यस्तै हवाई इन्धन ९आन्तरिक उडानतर्फ० को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १२ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ ।
त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ । विज्ञप्ति अनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको निगमले जनाएको छ ।