• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ३ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ४ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ४ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १० घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १२ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १२ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १२ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • २३ घण्टा अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • २३ घण्टा अगाडि

काम नपाएपछि भारत गएका सुदूरपश्चिममेली घर फर्कदै

  •  संवाददाता
  • बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम – अछाम जिल्ला बारला गाउँका धर्मराज जोशी कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीसँगै कम्पनीको काम बन्द भएपछि भारत महाराष्ट्रबाट स्वदेश फर्किए। बुधबार कैलालीको गौरीफन्टा सीमा नाका भएर फर्किदै गरेको भेटिएका उनले भने, ‘‘कोरोना भाइरसको कारण कम्पनी पनि बन्द भएपछि स्वदेश फर्किन बाध्य भइयो।’’

    अछामकै बाराला गाउँकै अमरनाथ जोशीले कोरोना समस्या निम्तिदा कम्पनी बन्द भएकाले मालिकले कामबाट हटाएपछि आफू घर फर्किनु परेको दुःखेसो सुनाए। ‘‘कोरोनाको समस्याले भारतमा समेत काम पाउने वातावरण अब देखिँदैन,’’ जोशीले भने, ‘‘आफ्नै देशमा बसेर केही काम गर्ने इच्छा भए पनि यहाँ पनि त्यस्तो वातावरण देखिँदैन।’’ भारतमा तेस्रो लहरको कोरोना भाइरसको सम्भावित जोखिम देखिएको क्षेत्रका नेपाली यतिबेला स्वदेश फर्किरहँदा अन्य धेरै नेपाली कामको खोजीमा भारत गइरहेका छन्।

    पहिलो र दोस्रो कोरोनाको लहर देखिँदा कम्पनी बन्द भए पनि कमाएको पैसाको भरमा उतै गुजारा चलाउनु परेको फर्किएका नेपालीको भनाइ छ। कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम गर्न महाराष्ट्रमा लामो समयदेखि बन्दाबन्दी गरिएको छ। बन्दाबन्दीसँगै होटेललगायतका उद्योग व्यवसाय बन्दा हुँदा एक महिनायता मात्रै महाराष्ट्रको बम्बई भाइन्दर भन्ने ठाउँमा कार्यरत झण्डै एक हजार नेपाली बेरोजगार भई घर फर्किएको उनीहरुले बताएका छन्।

    कामको खोजीमा भारतको तेलङ्गना राज्यतर्फ जाँदै गरेको भेटिएका डोटीको दीपायल सिलगढी नगरपालिका—७ का रामबहादुर महराले भने, ‘‘कोरोना महामारी अझै हटेको छैन भन्ने सुनिएको भए पनि कतै काम पाइहालिन्छ कि भन्ने आशमा उतै जान लागेको छौँ।’’ तेलङ्गना जान महरासहितका नौ युवा आज पाँच घण्टा पर्खिँदासम्म पनि बस नपाएपछि सीमा नाकामै अलपत्र परेका थिए।

    दीपायलको एक होटलमा पाँच हजारमा काम गरे पनि आम्दानी बढ्न नसक्दा महराले आफ्नै सानो पसल चलाए। पसलबाट पनि सोचेजति आम्दानी हुन नसकेपछि बाख्रापालनमा हात हाले। यो व्यवसायबाट पनि आम्दानी नहुँदा कामको खोजीमा उनी आठ वर्षअघि भारत पसेका थिए।

    उनले भने, ‘‘भारतमा काम गर्दा सन्तुष्ट नै थिएँ, अहिले भने यो कोरोनाले हुनसम्म दुःख दियो।’’ तेलङ्गनामा झण्डै पाँच हजार नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेकामा एक वर्षयता अधिकांश नेपाली घर फर्किनुपरेको बताइएको छ। कोरोना महामारीसँगै स्वदेश फर्किएकामध्ये अधिकांश नेपाली कामको खोजीमा यतिबेला भारत गइरहँदा त्यहाँ कार्यरत अन्य कतिपय नेपाली स्वदेश फर्किनुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ।

    गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिएका रेडक्रसकर्मी डम्बर खातीले केही हप्तायता झण्डै ४०० जति फर्किने गरेकामा झण्डै एक हजार ५०० भारततर्फ गइरहेको पाइएको बताए। रेडक्रसकर्मीको पहलमा केही दिनअघि भारतबाट फर्किदा बाटामै लुटपाटमा परेर सीमा नाकामा अलपत्र अवस्थामा भेटिएका बझाङका एक व्यक्तिको उद्धार गरी गन्तव्यमा पठाउने व्यवस्था मिलाएको थियो।

    उनले भने, ‘‘फर्किनेहरुको नमूना परीक्षण गर्ने गराउने काममा सहजीकरण गर्ने, आवागमन गर्दा समस्यामा परेकालाई सक्दो सहयोग गरिरहेका छौँ।’’ सुदूरपश्चिम प्रदेशवासीको रोजगारीको मुख्य गन्तव्यस्थल भारत हो। कोभिड—१९ को महामारी निम्तिएसँगै बन्दाबन्दी गरिएपछि भारतका विभिन्न क्षेत्रमा काम गरिरहेका धेरै नेपाली बेरोजगार भएका छन्।

    भारतको नयाँदिल्ली, मद्रास, बैङ्गलोर, अहमदावाद, पञ्जाबलगायतका ठाउँमा समेत उद्योग, कलकारखाना, होटेल, गेस्टहाउस, ट्रान्सपोर्ट, कुकको काम गर्नेमा बढी नेपाली रहेको बताइन्छ। भारतको सिमला क्षेत्रमा स्याउ टिप्ने काममा पनि धेरै नेपालीले काम पाउने गरेको बताइएको छ।

    भारतमा कति नेपालीले रोजगारी गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क कसैसँग नभए पनि सुदूरपश्चिम प्रदेशको जनसङ्ख्याको करीब २५ प्रतिशत नेपालीले भारतमा काम गरिरहेको अनुमान छ। कोरोना महामारीसँगै काम गरिरहेकामध्ये झण्डै २० प्रतिशतले रोजगारी गुमाउनु परेको जनाइएको छ।

    • सुदूरपश्चिममेली घर फर्कदै
    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ५.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ६.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ७.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ८.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    • ९.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • १०.
      बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.