जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि मुलुका विभिन्न स्थानमा वर्षा हुने भएकाले केही नदीहरुमा बाढीको खतरा रहेको जानकारी दिएको छ ।
महाशाखाले बाढीबारे जानकारी गराउँदै आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मध्यपहाडी तथा चुरे भई बहने केही स(सना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव हुनसक्ने जनाएको हो ।
यी नदीहरुमा पानीको सतह बढ्ने हुँदा तटीय क्षेत्रका बासिन्दा तथा तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।