पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ८९ नमूनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयू, १ जना भेन्टिलेटर र १० जना अक्सिजनको सर्पोटरमा उपचाररत रहेको छन्। पछिल्लो २४ घण्टामा १ जना बिरामी निको भएर घर फर्किएका छन भने ४ जना अस्पतालमा भर्ना भएका छन्।
पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा बाजुराको स्वामीकार्तिक गाउँपालिका–९ का ५५ वर्षीय पुरुष रहेका छन्।