• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ९ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ९ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

दिदीलाई पिटेको रिसमा ३ वर्षका विवेकको हत्या,थप रहस्य खोतल्दै प्रहरी !

  •  संवाददाता
  • शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    असार २१ गते कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ का दिलीप विष्ट र उनका दाजु हेमन्त पसलको काममा व्यस्त थिए। घरका अन्य सदस्यहरू समेत आ–आफ्नै काममा थिए। छोरा विवेक घरमै खेलिरहेका थिए।

    उनकी बहिनी (काकाकी छोरी) त्यो दिन सुक्खड गएकी थिइन। विवेक घरमा एक्लै थिए। बिहान ११ बजे विवेकलाई दिदी नाता पर्ने (नाम परिवर्तन) सुनिताले खेल्न जाने भन्दै आफूसँगै लगिन्।

    घर भन्दा केही पर रहेको जामुनको बोटबाट जामुन टिपेर खुवाएपछि उनीहरू कुलातर्फ लागे। बाटोको छेउमै बालबालिकालाई खेल्नका लागि फलामको पिङ बनाइएको छ। उनले विवेकलाई त्यहाँ पिङ पनि खेलाइन।

    त्यसपछि फेरी कुलोतर्फ नै हिँडे उनीहरू। कुलोको किनारमा पुगेपछि विवेकलाई तेर्सो परेको सिसमको रुखमा राखिन। त्यही क्रममा उनले विवेकको खुट्टाबाट चाँदीको बाला निकालिन। उनले चाँदीको बाला निकाले पछि विवेकलाई किनारमा उभिन लगाइन र कुलोमा धकेलिन।

    विवेकको खुट्टाबाट निकालेको चाँदीको बाला साथीलाई राख्न दिएर उनी घर फर्किइन। घर आएर लुगा फेरिन। त्यसपछि उनी घरबाट निस्केर अन्य चार जना साथीहरूको घरमा पुगिन्। ती मध्ये दुई जनाले बजार पुगेर चाँदीको बाला बेच्ने प्रयास गरे।

    चाँदीको बाला बेचेर दुवै जनाले काठमाडौं जाने सल्लाह गरे। जामुन खाएर घर फर्किने क्रममा आफू साथीको घर किताब लिन गएको र भाइ समेत आफ्नो साथीको घर खेल्न गएको उनले विवेककी आमालाई भनेकी थिइन्।

    तर अबेर साँझसम्म पनि विवेक घर नआएपछि खोजी कार्य सुरु गरियो। आफन्तहरूले खोजी गर्ने क्रममा नभेटिए पछि प्रहरीमा पनि खबर पुग्यो। सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल र कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारी आफै अनुसन्धानमा जुटे।

    ‘घटना एकदमै चलाखीपूर्ण ढङ्गले गरिएको देखियो’ एसपी अधिकारीले भने,‘सुरुमा सुनिताले भाइलाई छोडेको ठाउँनेर पानी बोक्ने गाडी आएको, टिपर हिँडेको, अटो रोकिएको जस्ता कुरा बताइन, उनी प्रहरीको ध्यान अन्तै मोड्न चाहन्थिन तर हामीले घटनालाई उनीसँगै जोडेर अनुसन्धान बढायौ।’

    प्रहरीले बालकको खोजी र अनुसन्धानलाई एकसाथ अघि बढायो। अनुसन्धान कुलो तर्फ मोडिए पछि प्रहरीले कुलोको पानी मुहानबाटै थुनेर सुकायो। असार २३ गते साढे ५ बजे घटनास्थलबाट करिब ५ किलोमिटर तल टीकापुर नगरपालिका वडा नं. ४ बाघमारास्थित कुलोमा विवेकको शव भेटियो।

    पारिवारिक रिसीवी मुख्य कारण

    पारिवारिक रिसिइबिका कारण विवेकको योजनाबद्ध ढङ्गले हत्या गरेको प्रहरीको दाबी छ। ‘केही वर्ष अघिको रिसीवीका कारण हत्या भएको देखियो, कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अधिकारीले भने,‘थप दुई जना माथि अनुसन्धान हुँदैछ, हत्यामा अन्य पनि संलग्न हुन सक्छन्।’

    मृतक विवेककी दिदीले पनि हत्या गरेको प्रहरी सामु स्वीकार गरेकी छन्। पारिवारिक रिसइवी र डाहका कारणका मार्ने योजना बनाई जामुन खाने निहुँमा बालको हत्या गरेको उनको बयान थियो।

    टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै दुई घर जोडिएका छन्। पूर्वतर्फको घर हत्या आरोपी १५ वर्षकी सुनिता (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर मृतक साढे तीन वर्षका विवेकको हो। उनीहरूको घर जाने बाटो एउटै छ। उनीहरू दुवै जना छिमेकी मात्रै हैनन्। दुवै जनाबिच पारिवारिक सम्बन्ध पनि छ।

    उनीहरूको परिवारबिच खासै ठुलो झैझगडा पनि छैन। मृतक विवेकका बुबा दिलीप विष्टले दुई परिवारकाबीच ठुलै झैझगडा नभएको बताए।

    ‘बोलचाल र एकापसमा सहयोग आदान प्रदान हुने गर्थ्यो,‘त्यस्तो ठुलै झैझगडा थिएन’दिलीपले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै,त्यस्तो कहिले काहीँ हुन्थ्यो।’

    दिलीपले आफ्नै घरमा सानो पसल चलाएका छन्। सुनिता र उनकी दिदी कहिले काहीँ पसलमा आउने गर्थिन। दिदीले एक दिन दिलीपको पसलबाट पैसा चोरिन्। त्यो दिन दिलीपले सुनिताकी दिदीलाई पिटेका थिए।

    १५ दिन अघि दिलीपले दिदीलाई पिटेकाले आफू निकै दुःखी भएर आवेगमा घटना भएको प्रहरी सामु उनले बयान दिएकी छन्।

    स्थानीयका अनुसार सुनिताको परिवारले सात वर्षअघि एउटा घटना भोग्नु परेको थियो। उनकी दिदी माथि आफन्तबाटै यौन हिंसा भएको थियो। उनी माथि यौन हिंसा गर्ने व्यक्ति अहिले जेलमा छन्।

    थप रहस्य खोतल्दै प्रहरी

    बालक हत्या प्रकरणको अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ। ‘योजनाबद्ध ढङ्गले हत्या भएको छ,हामीले अनुसन्धानलाई तीव्रता दिएका छौँ,दुई बालिका नियन्त्रणमा छन्,कैलाली प्रहरी प्रमुख अधिकारीले भने,‘थप रहस्य खोतल्दै छौँ, चाडै अनुसन्धानलाई पूर्णता दिन्छौँ।’

    अधिकारीले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउने दाबी गरे। ‘हामीले प्रारम्भिक अनुसन्धान मात्रै सार्वजनिक गरेका हौँ,घटनाको गहिराइसम्म पुग्न अनुसन्धान भइरहेको छ’,उनले भने।

    • ३ वर्षका विवेकको हत्या
    • टिकापुर हत्या प्रकरण
    शनिबार, असार २६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.