देशका धेरै ठाउँमा आज दिनभरि नै पानी पर्ने : तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह संवाददाता आइतबार, असार २७, २०७८ मा प्रकाशित Advertisement Advertisement अ अ अ काठमाण्डौ – देशका धेरै ठाउँमा पानी परिरहेको छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो बेलुकादेखि मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको हो । आउँदो तीन दिनसम्म नै मनसुन सक्रिय रहने महाशाखाको अनुमान छ । अहिले ठूलो पानी परेका क्षेत्र प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको मध्यपहाडी तथा चुरे भइ बहने स–साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पानी पर्नेसतर्कता अपनाउन आग्रह आइतबार, असार २७, २०७८ मा प्रकाशित तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु बलर चम्किँदा जनकपुरमाथि सुदूरपश्चिमको शानदार जित कमेडियन हिक्मत महराको मोटरसाइकल दुर्घटनामा मृत्यु एनपीएल : आज चार टिम मैदान उत्रिँदै, अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती