• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

एक वर्षदेखि जङ्गलको छाप्रोमा छन् चुरे पहिरो पीडित, राहत छैन, बनको चेतावनीले छाक टर्दैन

  •  दैनिक जीवन
  • आइतबार, असार २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     चुरे ५ खानी डाँडाको धुरा सल्लेरी सामुदायिक वनमा त्रिपालमुनि खानाको जोहो गर्दै थिइन सिता थापा। रिपोटिङ्का लागी हामी पुग्दा उनीलगायत त्यहाँ आश्रय लिइरहेकाहरू हामीलाई बनका मान्छे आए भन्ने ठानेर निकै डराए।

    वरिपरि घना जङ्गल, छेउतिर बस्ती। पहिरोबाट विस्थापित घरपरिवार एक वर्ष देखी जङ्गलछेउ र बस्ती बिचको डाँडामा आश्रय लिएर बसेका छन्।

    सरकारी तथ्याङ्क अनुसार गत वर्ष असार २८ मा .चुरे गाउँपालिकामा पहिरो जाँदा २ सय ११ घर परिवार विस्थापित भएका थिए। उनीहरूलाई सुरक्षित व्यवस्थापनका लागि राज्यको कुनै निकायले चासो नै दिएन। ज्यान जोगाउन उनीहरू जङ्गल पसे। उनीहरूलाई जङ्गलबाट निकाले बस्तीमा सार्न कसैले चासो राखेको छैन।

    उनीहरूले राज्यबाट राहतका नाममा त्रिपाल मात्र पाए। जङ्गलमा त्यही त्रिपाल बेरेर बस्ने आड बनाएका छन्। उनीहरूलाई छाक टार्न नै धौधौ छ। कुन दिन जङ्गली जनावरको सिकार हुने हो केही थाहा छैन।

    ‘हाम्रो उद्धार गर्न कसैले पनि चासो दिएनन्। वनमा त्रिपालमुनि बसी रहेका राम कुँवरले भने,‘उल्टो हामीलाई जङ्गलबाट पनि लखेट्न खोजिरहेका छन्।’

    चुरे गाउँपालिकाबाट विस्थापित भएका ४ परिवार खानि डाँडास्थित धुरा सल्लेरी वनमा छन्। ३ सय परिवारको हाराहारीमा कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय बनको बिचमा आश्रय लिइरहेका छन्।

    चुरे गाउँपालिकाका विभिन्न वडाहरूबाट पहिरो पीडित भएर वासस्थानको खोजिगर्दै जङ्गललाई आफ्नो वासस्थान बनाएका उनीहरूको अवस्था अहिले पनि दयनीय नै छ।

    त्रिपालमुनिको बसाइ आफैमा खतरापूर्ण छ नै त्यसैमा साना बालबालिकालाई जङ्गलमा रहेका किरा फ्टयाङग्रा बचाउन उस्तै गाह्रो। खानेपानीको समस्याका कारण नदीको धमिलो पानीले काम चलाइरहेका छन्।

     

    ‘पहिरोले आफ्नो छदा खादाको घर खेत बगायो,अहिले बिचल्ली भइरहेको छ,’ वडा नम्बर ५ का पदम धामीले भने,‘राज्यले हामीहरूलाई नागरिक सरह व्यवहार नै गरेन। चुरे गाउँपालिकाले कर असुल्ने मात्र काम गरेको गर्‍यो। उचित राहत सम्म पाएका छैनौँ।’

    १५ रोपनी जग्गा र घर पहिरोले बगाए पछि सुकुम्वासी भएका ६५ वर्षीय खडक बोहरा बुढेसकालमा जङ्गलको बास हुनुपरेकोमा खिन्न छन्। उनीसँग भएको अन्न सबै सकिइसक्यो। भौकै जङ्गलमै मरिने हो कि भन्ने पिरलो छ उनमा।

    ‘भएको अन्न सकिसक्यो,अहिले छाक टार्नै मुस्किल छ। भोक भोकै जङ्गलमै मर्नुपर्ने बाध्यता आइसक्यो,’ उनले भने।

    बर्खाको बेला छ। पानी परिरहन्छ। त्रिपालमुनि साना नानीबाबु छन्। चुरे गाउँपालिका–५ का पवित्रा रोका मगर भन्छिन्,‘पानी चुहिन्छ, राती निदाउनै सक्दैनौँ ,केही दिन अघि त्रिपालभित्र सर्प पस्यो, डर लागिरहन्छ। एकातिर छाक टार्न मुस्किल अर्कोतिर ज्यान जोगाउनै धौ–धौ भइसक्यो।’

    सुरक्षित वासस्थानको माग

     

    विस्थापित पहिरो पीडितहरूले राज्यले सुरक्षित वासस्थानको व्यवस्था गरिदिए हुने भन्ने आसमा छन्। तर उनीहरूलाई कसैले वास्ता गरेको छैन। उल्टो जङ्गल छाड्न चेतावनी आइरहन्छ। जङ्गल छाडेर कहाँ गएर बस्ने पत्तो छैन।

    ‘जङ्गल छोड्न पटक–पटक चेतावनी आउँछ,तर हामी जाने कहाँ,चुरे गाउँपालिका ५ का जयमल धामीले भने,‘एक वर्ष हामीले जङ्गलमा बितायौँ,अहिले यहाँ छोडेर कहाँ जाने? घर खेत त पहिरोले बगाइसक्यो,हामीलाई सुरक्षित वासस्थानको व्यवस्था नभएसम्म जङ्गल छोड्दैनौँ।’

    जङ्गलमा बसिरहँदा राहतको साटो उल्टो धम्की आउँदा खिन्न छन् उनीहरू। उनीहरूका लागि सरकार हुनु न नहुनुमा कुनै फरक पनि छैन।

    ‘एक वर्ष जङ्गली जनावर जस्तै बस्यौँ,’चुरे ५ कै राधा मगरले भनिन्,‘हामीलाई कुनै सरकार र जनप्रतिनीधीहरुले हेरेनन्,अहिले जङ्गल छोड्न धम्काइरहेका छन्,हाम्रो व्यवस्थापन नभए सम्म हामी यहीँ बस्छौँ।’

    बनमा आश्रय लिइरहेकाहरूलाई जङ्गल अतिक्रमण नगर्न आग्रह मात्र गरिएको धुरा सल्लेरी सामुदायिक वनका अध्यक्ष जय बहादुर धामीले दाबी गरे।

    ‘हामीले भगाउन खोजेका होइनौँ,धामीले भने,‘जङ्गल अतिक्रमण हुन थालेको छ। सधैँभरि जङ्गलमा बसाउन पनि सकिँदैन,हामीले विकल्प खोज्न सुझाएका हौँ। हामी बनको तर्फबाट पनि राहत दिन तयार छौँ।’

    तत्काल केही गर्न सक्ने अवस्था छैन : जनप्रतिनिधि

    वर्षा सुरु भए पछि चुरे गाउँपालिका ५ गुणीमा पछिल्लो एक साताको अवधिमा ३ नयाँ घरपरिवार विस्थापित भइसकेका छन्। गाउँपालिकाको तथ्याङ्क अनुसार गत  वर्ष पहिरोबाट २ सय ११ घर परिवार विस्थापित भएका थिए। उनीहरूसँगै २०६४-०६५ का पहिरो पीडित १७ परिवार पनि अस्थायी रूपमा जङ्गलमा आश्रय लिइरहेका छन्।

    ‘हाम्रो तथ्याङ्कमा  २ सय २८ पहिरो पीडित परिवार अस्थायी रूपमा जङ्गलमा आश्रय लिइरहेका छन्। एकाघरकैले पनि बढी टहरा बनाएकाले धेरै देखिएका होलान्,’गाउँपालिका अध्यक्ष धम बहादुर रोका मगरले भने,‘यो वर्षका असारमा पनि तीन घरपरिवार विस्थापित भइसकेको जानकारी पाएका छौँ।’

    तर पहिरो पीडितको उचित व्यवस्थापनका लागी तत्काल केही गर्न नसकिने उनको भनाई छ। उद्धार र व्यवस्थापनका लागी प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागे पनि नआएकाले गाउँपालिको मात्र केही गर्न नसक्ने उनको दाबी छ।

    ‘एक वर्ष देखी उहाँहरू जङ्गलमा बसिरहनुभएको छ,यतिन्जेलसम्म कोरोना व्यवस्थापनमा हाम्रो ध्यान थियो,’ उनले भने‘ अहिले बर्खाको समय छ। तत्काल केही गर्न सक्दैनौँ।’

    सामुदायिक वनका पदाधीकारीहरुले उनीहरूलाई जङ्गलबाट सार्न दबाब दिइरहेका छन्। तर त्यहाँबाट हिँडेर कता जाने केही मेसो छैन। त्यसैले जति दुख पाए पनि पहिरो पीडित तत्काल जङ्गल छाड्न तयार छैनन्।

    गाउँपालिका अध्यक्ष रोका मगर भन्छन्,‘तत्काल उहाँहरूलाई वन समितिले हटायो भने पनि हामीले अन्य कुनै वनमा राख्नु बाहेकको विकल्प छैन,हामीसँग त्यस्तो कुनै संरचना छैन। त्यसैले जो जहाँ बस्नु भएको छ। सुरक्षित भएर बस्न आग्रह गर्नुको अर्को विकल्प छैन।’

    आइतबार, असार २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.