बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङबाट ६१ वर्षीय पुरुष पक्राउ परेका छन्। असार १८ गते गाउँकै पाँच वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा जयपृथ्वी नगरपालिका–७ का जगदीश जोशीलाई प्रहरीले पक्राउ गरेको हो। जोशीलाई आरोपमा २७ मा घरबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा जवजस्तीकरणीको उजुरी गरेका थिए। घटनाबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।