• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, असोज ०५, २०८० | Friday 22nd September 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
  • १० घण्टा अगाडि

युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
  • २ दिन अगाडि

कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
  • २ दिन अगाडि

संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा
  • ३ दिन अगाडि

सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !
  • ३ दिन अगाडि

बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा
  • ४ दिन अगाडि

काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री
  • ४ दिन अगाडि

अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने
  • ४ दिन अगाडि

आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ
  • ४ दिन अगाडि

होटल व्यवसाय धराशायी

  •  संवाददाता
  • मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आन्तरिक र बाह्य पर्यटककै भरमा रहेका कतिपय होटलहरू कोरोना कहर र लामो निषेधाज्ञाका कारण चौपट भएका छन् । पछिल्ला वर्षहरूमा डल्फिन अवलोकन गर्न आन्तरिक पर्यटकहरू यहाँका मोहना, कन्द्रा र पथरैया नदी पुग्ने गरेका थिए ।

    डल्फिन हेर्ने बहानामा घुम्न आउनेहरू टीकापुरको रमणीय पार्क र कर्णाली चिसापानीमा रमाउँथे । यसले टीकापुर र चिसापानी बजारमा चहलपहल बढाएको थियो । तर गत वर्षदेखि पर्यटक भित्रिने क्रम घट्दै गएपछि यहाँको पर्यटन व्यवसाय पनि प्रभावित भएको छ ।

     

    वर्षायाममा नदीहरूमा नजिकबाट डल्फिन अवलोकन गर्न सकिन्छ । तर कोरोना संक्रमण जोखिमकै कारण यो वर्ष पनि यी क्षेत्र सुनसानजस्तै छन् । ‘यसपालि डल्फिन हेर्नेको संख्या विगतको तुलनामा शून्यजस्तै छ,’ स्थानीय भीम विकले भने, ‘आसपासका स्थानीयबाहेक बाह्य जिल्लाबाट पर्यटक डल्फिन देखा पर्ने नदी क्षेत्रमा आएका छैनन् ।’ टीकापुर पार्क पनि सुनसान छ । दिनहुँ करिब ४र५ सय मानिस पार्क घुम्न आउने गरे पनि गत वैशाख १५ देखि पर्यटकका लागि बन्द गरिएको पार्क अझै खुलेको छैन । ‘गत वर्ष लकडाउनपछि मंसिर १९ बाट पर्यटकका लागि पार्क खुलेको थियो । फेरि वैशाख १५ बाट बन्द भयो,’ टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले भने, ‘कोरोनाका कारण पार्क बन्द नभएको भए प्रवेश शुल्कबाट मात्रै ६० लाखसम्म राजस्व संकलन हुन्थ्यो । यस वर्ष २१ लाखमै सीमित भयो ।’

    पूर्वपश्चिम राजमार्गसँग जोडिएको कर्णाली चिसापानी पुलमा पनि वर्षभरि नै आन्तरिक पर्यटकको भीडभाड भइरहन्थ्यो । पुल क्षेत्रको दृश्यावलोकन, पिकनिक, शैक्षिक भ्रमण, कर्णालीको माछा खान र रमाइलोका लागि घुमफिर गर्न आउनेहरूको संख्या अहिले निकै कम छ । सेल्फी खिच्ने युवापिढीका लागि कर्णाली पुल आकर्षक गन्तव्यका रूपमा रहे पनि सार्वजनिक यातायात ठप्प हुँदा सुनसान जस्तै बनेको हो । जसका कारण यहाँको होटल व्यवसाय धराशायी बनेको व्यवसायीहरू बताउँछन् । ‘कर्णाली चिसापानीदेखि भारतको बोर्डरसम्मै कर्णाली किनार घुम्नलायक छ । तर कोरोनाका कारण यो वर्ष पूरै प्रभावित बन्यो,’ होटल सिद्धार्थ कर्णाली चिसापानीका व्यवस्थापक छत्र बोगटीले भने, ‘गत वर्ष कोरोना कहर कम भएपछि पर्यटक आउन थालेका थिए । तर दोस्रो लहर सुरु भएयता फेरि समस्या भयो ।’

    गत वैशाख १ मा कर्णाली पुलमा आन्तरिक पर्यटकको भीडले सवारीसाधन आउजाउमै कठिनाइ उत्पन्न भएको उनले सुनाए । र्‍याफ्टिङको सिजन यही हो तर कोरोनाले पाहुना नै नआउने गरेको बताउँछन् कर्णाली र्‍याफ्टिङ तथा एड्भेन्चरका सञ्चालक विष्णुप्रसाद जैशी । ‘कर्णालीमा र्‍याफ्टिङ सुरु भएर पर्यटकीय सम्भावनाको खोजी गरिएपछि आन्तरिक पर्यटक पनि बढ्दै गएका हुन् ।

    तर कोरोनाले सबैतिर बन्द भयो । पर्यटक नै आउँदैनन् ।’ हुलाकी सडकमा रहेको कर्णाली पुलमा पनि पर्यटकको चहलपहल हुन्थ्यो । तर अहिले व्यवसायीहरू नै संकटमा पर्न थालेको हुलाकी सडक किनारमा रहेको जितु कटेजका सञ्चालक जितराम चौधरीले बताए । ‘यहाँ आउने पर्यटक कर्णालीको माछाको स्वाद नलिई फर्कंदैनन् । तर कोरोनाले मान्छेको आउजाउ नै कम भएको छ । हामी होटल व्यवसायी पनि मारमा परेका छौं,’ उनले भने ।

    • धराशायी
    • होटल व्यवसाय
    मङ्गलबार, असार २९, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा
    युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ
    कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      नेविसंघ घोडाघोडीनगर संयोजकमा दीपेश बोहरा

    • २.
      युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन युवक पक्राउ

    • ३.
      कुटपिट गरी लुटपाट गर्ने २ जना पक्राउ

    • ४.
      संविधान दिवस : टीकापुर घटनाका ३ कैदीबन्दी रिहा

    • ५.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ६.
      बैतडीका दुई विद्यालयको भवन पहिरोको जोखिममा

    • ७.
      काँक्रो खेती : दुई महिनामै एक लाख ५० हजार बिक्री

    • ८.
      अल्पायु मृत्युको पहिलो कारण हृदयघात,खानपान र जीवनशैली परिवर्तन गरे मुटु रोगबाट बच्न सकिने

    • ९.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    • १०.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • १.
      धनगढीको जोगबुढा होटेलमा छापा : यौन धन्दामा संलग्न दुई जोडी रङ्गेहात पक्राउ, दुई साहुनी पनि प्रहरीको फन्दामा !

    • २.
      मत्स्य पालनका लागी पोखरी निर्माण

    • ३.
      हरितालिका तिज : रिलायबल धनगढी शाखाको तिज विशेष दर  

    • ४.
      सेती प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर कमर नियुक्त

    • ५.
      मत्स्य पालनका पद्दति र माछाको घनत्व तथा जातहरु

    • ६.
      हरितालिका तीज : आज दर खाने दिन

    • ७.
      दाहसंस्कार गर्न ५ हजार दिने धनगढी उप-महानगरपालिकाको निर्णय

    • ८.
      सुदूरपश्चिममा विपद् : पहाडमा पहिरो, तराइमा बाढी ,एक महिनामै १० जनाले ज्यान गुमाए !

    • ९.
      एलपिएलको बढ्दो आकर्षण : यसपटक राष्ट्रिय खेलाडीको पनि सहभागिता रहने  

    • १०.
      आज ऋषिपञ्चमी, अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाइदैँ

    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.