माओवादी केन्द्रबाट निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका नेताहरूले माओवादीमा नफर्किने स्पष्ट पारेका छन्। सर्वोच्चको फैसलापछि मन्त्री पद गुमाएका माओवादीबाट निर्वाचित सांसदहरू र त्यसअघि नै सरकारबाट बाहिरिएका एमालेमा रहेका माओवादीका पूर्व नेताहरूले पुनः माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका हुन्।
हाल नेकपा एमालेमा रहेका माओवादी केन्द्रका पूर्व नेता लेखराज भट्टले आफूहरू माओवादी केन्द्रमा नफर्किने स्पष्ट पारे। ‘हामी कोही विचलित छैनौ’ नेता भट्टले भने, ‘माओवादी केन्द्रबाट आएका हामीमध्ये कोही पनि माओवादी केन्द्रमा फर्किने वाला छैनौ।’ प्रचण्डले धनगढीमा आयोजित आमसभामा केपी शर्मा ओलीलाई दलाल र भट्टलाई दलालको पनि दलालको संज्ञा दिएका थिए।