साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार १६ दशमलव ३४ अंकले वृद्धि भएको छ । सोमबार ४५ दशमलव शून्य ६ अंकले घटेर २ हजार ८ सय ५४ दशमलव ७६ विन्दुमा बन्द भएको बजार मंगलबार भने शून्य दशमलव ५७ प्रतिशतले वृद्धि भई २ हजार ८ सय ७१ दशमलव शून्य ३ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार २ हजार ८६७ दशमलव १६ विन्दुदेखि खुलेको बजार २ हजार ८८३ दशमलव ५७ विन्दुसम्म पुगेको थियो ।
मंगलबार समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७४ अंक बढेर ५३९ दशमलव ५१ विन्दुमा पुगेको छ ।
सोमबारको तुलनामा नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ९ अर्ब ९८ करोड २६ हजार रूपैयाँ बराबरको २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार रूपैयाँ बराबरको १ करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार २ सय २३ कम्पनीको ५३ हजार १ सय ३९ पटकको व्यापारमा भएको हो ।
मंगलबार नेपाल बंगलादेश बैंककोे ४५ करोड ४७ लाख ४७ रूपैयाँ हजार बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको सेयर मूल्य पनि प्रतिकित्ता ९ ले बढेर ६ सय ६२ कायम भएको छ ।
यसैगरी जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशत घटेको छ भने बाँकी समूहको बढेको छ । वित्त समूहको सर्वाधिक ४ दशमलव शून्य ३ प्रतिशतले परिसूचक बढेको यो दिन विकास बैंकको दोस्रोमा १ दशमलव ५४ प्रतिशतले परिसूचक बढेको हो ।
त्यस्तै बैंकिङको शून्य दशमलव ७३ प्रतिशत, व्यापारिकको शून्य दशमलव २३ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ५४ प्रतिशत, जलविद्युत्को शून्य दशमलव ५१ प्रतिशत, निजीवन बिमाको शून्य दशमलव १ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ८ प्रतिशत, अन्यको शून्य दशमलव ३८ प्रतिशत, लघुवित्तको शून्य दशमलव ६४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव ३८ प्रतिशत परिसूचक बढेको छ ।
मंगलबार छ ओटा कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सानिमा लार्ज क्याप फण्डको सर्वाधिक ३ दशमलव शून्य ८ प्रतिशतले मूल्य घटेको छ । सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य प्रतिइकाइ शून्य दशमलव ३२ बिमा ले घटेर अन्तिम मूल्य १० दशमलव शून्य ८ कायम भएको हो ।
मंगलबार सेन्ट्रल फाइनान्सको ६ दशमलव ९८ प्रतिशत, समृद्धि फाइनान्सको ६ दशमलव ७९ प्रतिशत, मञ्जुश्री फाइनान्सको ६ दशमलव ६६ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ६ दशमलव ५२ प्रतिशत र आईसीएफसी फाइनान्सको ६ दशमलव ५२ प्रतिशत सेयरमूल्य वृद्धि भएको हो । सर्वाधिक मूल्य वृद्धि भएको सेन्ट्रल फाइनान्सको प्रतिकित्ता ३० ले बढेर अन्तिम मूल्य ४ सय ६० कायम भएको छ ।
यसैगरी समृद्धि फाइनान्सको प्रतिकित्ता ३० ले बढेर अन्तिम मूल्य ४ सय ७२ रूपैयाँ, मञ्जुश्री फाइनान्सको प्रतिकित्ता ७२ बिमाले बढेर अन्तिम मूल्य १ हजार १ सय ५३, प्रोग्रेसिभ फाइनान्सको प्रतिकित्ता २४ ले बढेर अन्तिम मूल्य ३ सय ८८ रूपैयाँ र आईसीएफसी फाइनान्सको प्रतिकित्ता २४ रूपैयाले बढेर अन्तिम मूल्य ३ सय ८८ कायम भएको छ ।