सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको हो ।हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।