अविरल वर्षाका कारण कैलालीको मोहना नदीमा बाढी आएसँगै पानीको सतह बढेको छ ।
लगातार ६ घण्टादेखिको भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्दा खतराको तह पार गरेको हो ।
बिहीवार बिहान साढे ९ बजेसम्म नदीमा पानीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीमा बाढी आएसँगै तटीय र आसपासका क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।