सेयर बजार सकारात्मक गतिमा देखिएको छ । चालु आर्थिक वर्षको अन्तिम दिन बिहीबार बजारमा चहलपहल बढेको छ । सूचकमा सामान्य सुधार हुँदा खरिदबिक्री रकम पनि औसतमा राम्रो रहेको छ । असार अन्तिम हुँदा सरकारी खर्च बढेको छ । बजारमा पैसाको आपूर्ति वृद्धि हुँदैछ । यसले तरलता थप सहज हुँदै जाने अपेक्षा गरिएको छ । यतिबेला सेयर बजारका लागि धेरै पक्षहरु सकारात्मक रहेका छन् ।
बजारले मौद्रिक नीति पर्खिएको छ । नीतिपछि यसले थप उत्साह ल्याउने विश्लेषकहरु बताउँछन् । लगानीकर्ताले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गरी धैर्यता प्रस्तुत गर्न आवश्यक हुने अनुभवीहरुको भनाई छ । यो समाचार तयार पार्दासम्म १२ अंकले वृद्धि भएको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।