नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राखेर फर्किएको छ।
कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने भन्दै उनीहरूले बैठक रोक्न माग राखेका थिए।
‘हामीले ४/५ वटा महत्वपूर्ण कुरा राख्यौं। कार्यदलले जे सहमति गरेको छ। त्यसको कार्यान्वयन गरौं। एमाले एकता टुटाउने काम नगरियोस्, देश अप्ठ्यारो स्थितिमा छ। एकताबारे सोच्नुस्। यो बैठक रोक्नुस् भन्यौं’, बैठकबाट बाहिरिएपछि भीम रावलले भने,‘यो बैठक जारी रहन्छ भनेपछि हामी बाहिरियौं।’बैठक सार्न अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि उनीहरू फर्किएका हुन्।
बैठकमा उपस्थितिको हस्ताक्षर गर्न भनिए पनि आफूहरूले हस्ताक्षर नगरेको उनीहरूले बताए।च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीसहित उनी पक्षका नेताहरूको बैठक बसिरहेका बेला नेपाल पक्षका नेताहरू पनि पुगेका थिए।
बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।