धनगढी – कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका ६ नारायनपुरबाट १४.९७ ग्राम खैरो हिरोईनसहित टीकापुर बैदीका ३६ वर्षीय लोकेन्द्र साउँद र २८ वर्षीय धन सिंह सुनार पक्राउ परेका हुन् ।
३१ गते साँझ उनीहरुलाई विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुको झोलाबाट प्लाष्टीकको झिल्लीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त (खैरो हिरोईन) लागु औषध बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरु दुबै जनामाथि मुद्दा दर्ता गरी थप अनुसन्धानकार्य प्रहरीले जनाएको छ।