• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ २७, २०८० | Saturday 10th June 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
  • २ दिन अगाडि

गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
  • २ दिन अगाडि

मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
  • १ हप्ता अगाडि

लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने
  • १ हप्ता अगाडि

डोटीमा वर्षे रोपाइँ !
  • १ हप्ता अगाडि

सात बहिनी भगवती !
  • १ हप्ता अगाडि

खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !
  • १ हप्ता अगाडि

सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि
  • १ हप्ता अगाडि

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा
  • ४ हप्ता अगाडि

हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र

  •  संवाददाता
  • शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये हालसम्म दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–शाल्पा–शेर्पा–बिरुवा जेभीसँग सम्झौता गरेको थियो । सम्झौताको १० वर्ष नाघ्दा भौतिक प्रगति भने अहिलेसम्म ७० प्रतिशतमात्र रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीले जनाएको छ ।

    चार करोड ४३ लाख रुपैयाँ लागत रहेको पुलको लम्बाइ एक सय मिटर र चौडाइ ७।२ मिटर रहने इस्टिमेट छ । पुल निर्माणको काम अहिले पनि ठप्प छ । ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

    भजनी नगरपालिका–५, का स्थानीय गणेश बुढाले पुल निर्माण नहुनुमा ठेकेदारको मात्र नभई सरकारी निकायको समेत लापरबाही रहेको बताए । ‘सय मिटर लामो पुल १० वर्षसम्म नबन्दा हुलाकी राजमार्ग आयोजना कार्यालय के हेरेर बस्यो’ एमाले स्थानीय नेतासमेत रहेका उनले भने, ‘कि ठेकेदारलाई कारबाही गरेर अर्कालाई ठेक्का दिनुपर्थ्याे कि त्यसैबाट काम गराउन सक्नुपर्थ्याे ।’ आयोजना प्रमुखहरूले आर्थिक लाभ लिएर काम नगर्ने ठेकेदारलाई उन्मुक्ति दिने गरेको बुढाको आरोप छ ।

    पुल निर्माण नहुँदा वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने स्थानीयको बाध्यता हटेको छैन । कान्द्रा नदीमा पुल नभएकै कारण धनगढीदेखि टीकापुरसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन । धनगढीबाट भजनी–टीकापुर पुग्न पूर्व–पश्चिम राजमार्ग भएर भन्दा हुलाकी राजमार्ग छोटो पर्छ । तर, नदी तर्न नसकिने हुँदा हुलाकी राजमार्गमा यातायात चल्न नसकेका स्थानीयले बताएका छन् ।

    भजनीका स्थानीय तुलाराम भण्डारीले पुल निर्माणको काम लामो समयदेखि ठप्प रहेको बताए । हरेक वर्ष केही दिन काम गरेर ठेकेदार गायब हुने गरेको उनले बताए । ‘काम भइरहेको छ छैन भनेर न सरकारी मान्छे हेर्न आउँछन्, न ठेकेदारलाई मतलब छ ।’ भण्डारीले भने, ‘पुल बन्न थालेको १०–११ वर्ष भइसक्यो, कहिले सकिन्छ भन्ने अहिलेसम्म टुंगो छैन ।’

    पुल बन्न सुरु हुँदा नदी पार गर्दाका दुःखका दिन जाने भए भनेर खुसी भएका स्थानीय ढिलासुस्तीले निराश र आक्रोशित छन् । ‘दश वर्षमा आधा सकियो, यही हिसाबले काम हुने हो भने अझै १० वर्ष लाग्ला । हाम्रा दुःख उस्तै छन् ।’ भण्डारीले भने ।

    पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता
    कान्द्रा नदीमा निर्माणाधीन पुलले भजनी नगरपालिका–३, ठेकी र वडा नम्बर ५ नयाँबस्तीलाई जोड्छ । नौवटा वडा रहेको भजनी नगरपालिकाका ५, ७, ९ नम्बर वडा कान्द्रा नदीपारि पर्छन् । नदीमा पुल नहुँदा ५ र ७ वडाका बासिन्दाले वर्षायाममा भजनी बजार, नगरपालिका कार्यालय र नगरका अन्य गाउँ पुग्न सास्ती खेप्नुपर्छ । हुलाकी राजमार्गको निर्माणाधीन पुलभन्दा करिब पाँच सय मिटर उत्तरमा सानो काठको पुल राखिएको छ, जहाँबाट नदी तरेको पैसा तिर्नुपर्छ । नगरपालिकासँगको सम्झौतामा ठेकेदारले काठको पुल राखेर आउजाउ गर्नेबाट पैसा असुल गर्छन् । वर्षाले नदीमा बाढी आएको दिन भने आवतजावतनै बन्द हुन्छ । कतिपय ठाउँमा डुंगाबाट नदी तर्ने गरिएको छ ।

    काठको पुलबाट नदी तर्दा मान्छे र साइकलको १०/१० रुपैयाँ तथा मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्ने भजनी–५, का स्थानीय कहरसिंह कडायतले बताए । ‘बर्खामा बाढी आएको दिन थुनिएर बस्नुपर्छ, पारि जान पाउँदैनौँ ।’ उनले भने, ‘पुल बनेको भए सजिलो हुन्थ्यो ।’ ९ नम्बरमा भने झोलुंगे पुल छ ।

    थपिएको अवधि पनि सकिँदै
    पुलको काम सक्न तेस्रोपटक थप भएको अवधि आउने साउनमा सकिँदै छ । तर, अहिलेसम्मको प्रगति हेर्दा निर्धारित अवधिमा काम नसकिने हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । सुरुमा ठेक्का भएपछि पुलको डिजाइन परिवर्तन गरिँदा र पछि ठेकेदारका कारण काममा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए ।

    उनका अनुसार डिजाइन परिवर्तन भएपछि २०७२ मा निर्माण कम्पनीलाई साढे दुई वर्षको समय दिइएको थियो । उक्त अवधि ठेकेदारले पिलर राख्ने काम पनि गर्न सकेन । २५ असार २०७५ मा निर्माण अवधि सकिएपछि ठेकेदार सम्पर्कविहीन भएको जैसवालले बताए ।

    सरकारले गत वर्ष सार्वजनिक खरिद नियमावली संशोधन गर्दै सबै पुराना ठेक्काको म्याद एक वर्ष थप गरेपछि निर्माण कम्पनीले एक वर्ष समय पाएको थियो । उक्त अवधि गत फागुनमा सकिएको छ । कोरोनाले काम प्रभावित भएपछि आयोजनाहरूमा ६ महिना म्याद थप गर्ने सरकारको निर्णयअनुसार यो पुल निर्माणको अवधि पनि साउनमा सकिँदै छ । तर, ठेकेदारले अहिले काम रोकेको छ ।

    कालोसूचीमा राखेर ठेक्का रद्द गर्दा पुल निर्माणको काम थप लम्बिने भएकाले निर्माण कम्पनीलाई कालोसूचीमा नराखिएको उनले बताए । ‘स्पष्टीकरण सोध्ने, धरौटी तान्नेसम्मको कारबाही गर्‍याैँ तर ठेक्का रद्द गर्दा अझ बढी समय लाग्ने भएकाले रद्द गरेनौँ ।’ जैसवालले भने, ‘अब जतिसक्दो चाँडो काम पूरा गराउँछौँ ।’

    ठेक्का लिएको लामा–शाल्पा–शेर्पा–बिरुवा जेभीमध्ये अन्यत्रको ठेक्का अलपत्र पारेकाले लामा कालोसूचीमा परेको शाल्पा–शेर्पा कम्पनीले नाम फेरेर हिमाली राखेको छ । पुल निर्माणको काम अहिले बिरुवाले गरिरहेको आयोजना प्रमुख जैसवालले बताए ।

    • १० वर्षदेखि अलपत्र
    • हुलाकी राजमार्ग
    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
    गाउँमा बिजुली बल्दा स्थानीय खुसी !
    मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)
    • भर्खरै
    • चर्चित
    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    • ३.
      मिस पवि र पल शाहको अभिनय रहेको ‘थाहै भएन’ सार्वजनिक (भिडियो सहित)

    • ४.
      लिलामी नहुँदा कैलालीमा सयौं मोटरसाइकल कवाड बने

    • ५.
      डोटीमा वर्षे रोपाइँ !

    • ६.
      सात बहिनी भगवती !

    • ७.
      खप्तड आध्यात्मिक पर्यटनको केन्द्र !

    • ८.
      सुदूरपश्चिम : दश वर्षमा एक लाख ४२ हजार जनसङ्ख्या वृद्धि

    • ९.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बृहत् बिमा जागरण अत्तरियामा

    • १०.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • १.
      एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

    • २.
      गाउँमा बिजुली बल्दा स्थानीय खुसी !

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.