• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, असार २५, २०८२ | Wednesday 9th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • ४ दिन अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • ५ दिन अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • ५ दिन अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • ५ दिन अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • १ हप्ता अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • १ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • १ हप्ता अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • १ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • १ हप्ता अगाडि

व्यक्तिहरुको जासुसी गर्न विभिन्न देशलाई पेगासस सफ्टवेयर बिक्री

  •  संवाददाता
  • सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – विभिन्न देशका सरकारहरुले शंकास्पद व्यक्तिमाथि जासुसी गर्न पेगासस नामको एक सफ्टवेयर इजरायलबाट किनेर प्रयोग गरिरहेको खुलासा भएको छ । विश्वभरका अधिकारकर्मी, पत्रकार, वकिल, उच्च तहका नेताहरुको जासुसी गर्ने उद्देश्यले यो सफ्टवेयर खरीद भएको मिडिया रिपोर्टहरुले जनाएका छन् । नेपालमा यो सफ्टवेयर प्रयोग भए नभएको बारे खुलिसकेको छैन ।

    यही पेगाससमार्फत् भारत सरकारले ४० भन्दा बढी पत्रकारहरुको जासुसी गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसलाई बंगलादेशलगायतका धेरै देशहरुले खरीद गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

    पेगासस इजरायलको साइबर सुरक्षा कम्पनी एनएसओले तयार पारेको स्पाइवेअर हो । यसले आइफोन वा एन्ड्रोइड फोनबाट म्यासेज, फोटो, इमेल हेर्न, कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रोफोन चालु गर्न सहयोग गर्छ ।

    पेगाससको प्रयोगबारे गत आइतबार द वासिङ्टन पोस्ट, द गार्जिअन र ले मोन्डेसहित विश्वभरका १४ अन्य संस्थाहरूले समाचार छापेपछि तहल्का मच्चिएको छ ।

    व्यक्तिहरूको फोन नम्बरमा पेगासस स्पाइवेअर रहेको समाचार विवरणहरुमा उल्लेख छ । उक्त स्फटवेअरमार्फत् समाचार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स, अलजजीरासहितका समाचार संस्थाका झन्डै १८० पत्रकारहरू निगरानीमा रहेको बताइन्छ ।

    एनएसओले भने आफूबाट गलत काम नभएको दाबी गरेको छ । उक्त स्फटवेअर सेना, कानुन पालना गराउने निकाय र गुप्तचर निकायहरूलाई मात्रै उपलब्ध गराइएको एनएसओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो कम्पनीले आतंकवाद र अपराधविरुद्ध लड्न मान्यताप्राप्त सरकारी एजेन्सीहरुलाई मात्र बेच्ने गरेको जनाएको छ ।

    भारतमा को-को निगरानीमा ?

    भारतमा पनि पेगासस प्रयोग भएको समाचार द वायरले छापेको छ । सो समाचारमा लेखिएअनुसार ४० पत्रकार, विपक्षी दलका तीन नेता, एक संवैधानिक पदमा रहेका व्यक्ति, मोदी सरकारका दुई मन्त्री, व्यापारी र सुरक्षा एजेन्सीका पूर्व प्रमुखसमेतलाई निगरानीमा राखिएको छ ।

    वायरको समाचार रिपोर्टमा दाबी गरिएको छ कि हिन्दुस्तान टाइम्सका सम्पादक शिशिर गुप्ता, इण्डिया टुडे, नेटवर्क १८, द हिन्दु र इण्डियन एक्सप्रेस, द वायरका दुई जना संस्थापक सम्पादक, तीन पत्रकार, दुई स्तम्भकार जासुसको निगरानीमा रहेका छन् । यसका साथै पत्रकार रोहिणी सिंह, इण्डियन एक्सप्रेसका डेपुटी एडिटर सुुशान्त सिंह पनि निगरानीमा रहेको समाचारमा उल्लेख छ ।

    रोहिणीले गृहमन्त्री अमित शाहका छोरा जय शाहको कारोबारबारे र सुशान्त सिंहले लडाकु विमान रफायल खरीद सम्झौतामा भएका अनियमितताबारे समाचार लेख्दै आएका छन् ।

    • सफ्टवेयर बिक्री
    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि मुख्यमन्त्री कमलबहादुर शाहले गरे छलफल
    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ
    एनसेलको नेटवर्क समस्या भयो समाधान
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    • १.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • २.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ३.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ४.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.