काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेकाे छ । ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
आजको बैठक पार्टीभित्रको विवाद मिलाउन १० बुँदे प्रस्तावकै आधारमा बसेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ । अर्को बैठक भोलि मङ्गलवार दिउँदो ३ बजे बस्नेछ ।