• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

‘हाम्रा प्रहरीसँग हामी’ अभियान,अपराध रोक्न प्रहरीलाई चुनौती !

  •  संवाददाता
  • सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     

     

    जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।

    जिल्लामा सरुवा भएर आउने बित्तिकै नयाँ प्रहरी प्रमुखले आफू अरुभन्दा फरक र राम्रो काम गर्ने सन्देश दिन पत्रकारसँग परिचयात्मक कार्यक्रम गरिने पहिलेदेखिको परम्परा हो। तर, विगतका अधिकांश प्रहरी प्रमुखले जिल्लामा आउने बित्तिकै पत्रकारसँगको भेटमा भनेजस्तो कार्यशैली र फरकपन पछि कार्यसम्पदानमा पाइएन। तर पनि प्रत्येक प्रहरी प्रमुखले यही परम्परालाई निरन्तरता दिइरहेका छन्। कोभिड १९ को संक्रमणपछि भने प्रहरी प्रमुखसँगको पत्रकारको सुझावसहितको भेटघाट यो पहिलो हो।

    कैलालीको टीकापुरमै जन्मेर टीकापुरमै पढेर प्रहरी संगठनभित्रका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको चर्चा गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफ्नो गृह जिल्लामा राम्रो र नमुना काम गरेर देखाउनकै लागि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएको बताए। ‘म अपराध नियन्त्रण, शान्ति सुरक्षा लगायतका काम डाटामा देखिनेगरी गर्न चाहन्छु,’ उनले भने,‘म सुदूरपश्चिमको सम्पत्ती हुँ, मलाई जगेर्ना गर्ने काम यहाँहरुको पनि हो।’ ‘लागूऔषध नियन्त्रण गर्न भविष्य बचाऊ’ अभियान सुरु गर्ने, सेवाग्राहीका लागि प्रहरीको सेवा कस्तो भयोरु भनेर बुझ्न सुझावसहितको फारम तयार पारेको उनले बताए।

    परिचयात्मक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीका प्रहरीसँग जोडिएका दर्जनौ समस्याका बारेमा पत्रकारहरुले सुझाव दिएका थिए। राजनीतिक संरक्षण र प्रहरीको सेटिङमा तस्करीलगायतका अपराधिक क्रियाकलाप हुने गरेको बताउँदै पत्रकारहरुले प्रहरीकै संलग्नता र राजनीतिक संरक्षणमा भइरहेका अपराधिक क्रियाकलाप र दण्डहीनता रोक्नु कैलालीमा मुख्य चुनौती रहेको सरुवा भई आएका प्रहरी प्रमुखलाई सुझाए। कैलाली र कञ्चनपुर लागूऔषधको ‘हटस्पट’ हो। पछिल्लो समयमा किशोरकिशोरी र युवायुवतीहरु लागूऔषधको दुर्व्यसनमा फस्ने क्रम बढ्दो छ। लागूऔषधको कारोबार गर्ने ठूलो सञ्जाल कैलालीमा छ। प्रहरीले लागूऔषध कारोबारीको सञ्जाललाई तोड्न सकेको छैन।

    प्रहरीका हाकिमले राखेका घुमुवाले अपराधिक गतिविधि नियन्त्रण गर्नतिर नभई महिनावारी उठाएर त्यस्ता क्रियाकलापमा सहयोग गर्ने गरेको सरोकारवालाले आवाज उठाउँदै आएका छन्। कोभिड १९ को महामारी नियन्त्रण गर्न निषेधाज्ञा लगाएका बेला पनि प्रहरीको सेटिङमा तस्करी हुँदै आएको उनीहरु बताउँछन्। निषेधाज्ञामा समेत धनगढीको चौराह र भन्सार रोड क्षेत्रका केही होटेलमा युवती राखेर अवैध यौनधन्दा सञ्चालन भैरहेपनि प्रहरीले चाल नपाएझैँ गर्ने गरेको गुनासो गर्दा स्थानीय थाकिसकेका छन्। प्रहरीले महिनावारी बुझेर यस्ता क्रियाकलाप गर्न छुट दिने गरेको स्थानीयको प्रहरीलाई आरोप छ। सर्वसधारण हिँड्डुल गर्न नपाउने र पसल व्यवसाय बन्द रहेका बेला ठूला मल तथा मार्टहरु दिनभर प्रहरीकै संरक्षणमा खुलिरहेका थिए।

    कैलालीमा रहेका गिरोहले भारतका विभिन्न सहरमा मान्छे पठाएर करोडौंको सुन, गरगहना चोरी गरेर ल्याउने गरेको छ। भारतबाट चोरेर बर्सेनि दसौं करोडको नगद र गहना कैलाली भित्रिने गरेको छ। भारतबाट चोरेर ल्याएका नगद तथा गरगहनाहरु भागबन्डा गरेर धेरैले हात पार्छन्। त्यसमा यहाँका केही पेसेवर अपराधिक कृयापलापमा संलग्नहरु र प्रहरीको संरक्षण हुने गरेको स्थानीय बताउँदै आएका छन्।

    बाह्रै महिना कैलालीमा दसौँ लाखको जुवातास हुने गर्छ। प्रहरीकहाँ मुद्दा दर्ता हुँदा बिचौलियाको चलखेल हुने गरेको छ। प्रहरी प्रमुखले प्रत्येक प्रहरी युनिट, प्रहरी ईकाई कार्यालयमा आफ्नो नजिक र महिनावारी बढी रकम बुझाउनेलाई पठाइएको आरोप छ।

    पहुँच भएका व्यक्तिका मुद्दा दर्ता नहुने, राजनीतिक संरक्षण भएका व्यक्तिले उन्मुक्ति पाउने, सर्वसाधारणलाई मात्र सानो गल्तीमा पनि थुनुवा राखेर दुःख दिने समस्या कैलालीमा विगतदेखि छ। अपराध नियन्त्रणका लागि भन्दै बजारका विभिन्न ठाउँमा लगाइएका सिसी क्यामेराहरु बिग्रेका छन्। अपराध नियन्त्रणका लागि बजेट भएर पनि बनाउन तिर ध्यान छैन।

    कैलालीमा हुने अपराधिक कृयाकलापलाई न्यूनीकरण गर्न वर्षौदेखि प्रहरीले नसकेका यस्तो दर्जनौ समस्या आईतबारको छलफलमा पत्रकारले प्रहरी उपरीक्षक अधिकारीसामु राखे।

    ‘पहिलेका प्रहरी प्रमुख जस्तै चर्चा र प्रचारका लागि नभएर साँच्चिकै काम गरेर देखाउन सकेमात्र तपाई सफल हुनुहुने छ,’ कैलाली पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले भने।

    प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी लगायतका आकर्षक नारा यसअघि समेत सारेपनि प्रहरी कार्यशैलीका कारण आलोचनामुक्त भने रहन सकेको थिएन।

    कैलाली धेरै चुनौतीपूर्ण र संवेदनशील जिल्ला भएकाले कैलाली अग्नि परीक्षा हुने र पत्रकारले दिएका सुझाव जस्तै समस्याका चाङको चुनौतीलाई चिर्न सके सफलताको यात्रा कसैले रोक्न नसक्ने गरि अघि बढ्ने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए।

    नयाँ प्रहरी प्रमुख अधिकारीले भनेजस्तै ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने अभियान लिएर जनताको भावनाअनुसार अपराधिक गतिविधि, महिनावारी असुल्ने, तस्करी, लागूऔषध रोक्ने सके प्रहरी प्रमुख अधिकारी मात्र सफल हुने छैनन्, कैलालीको शान्ति सुरक्षाको अवस्था पनि बदलिने छ।

    • प्रहरीलाई चुनौती
    • हाम्रा प्रहरीसँग हामी
    सोमबार, साउन ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.