• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, चैत १४, २०७९ | Tuesday 28th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • २ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ४ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • २ महिना अगाडि

आज हरिशयनी एकादशी : घरघरमा तुलसीको बिरुवा रोपेर मनाइँदै

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

    आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।

    एक वर्षमा २४ एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्।  कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ। भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ।

    कोरोना जोखिमका कारण मानिस मन्दिर जान सक्ने अवस्था नभएपनि कतिपय स्थानमा दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजन जम्मा हुन्छन्। धेरैजसो मन्दिर पनि आम मानिसलाई दर्शन एवं पूजा आजाका लागि बन्द गरिएको छ। ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ।

    वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रुपमा पुष्टि भएको छ।

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।

    कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ। गत वर्षदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ। यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ।

    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.