• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ९ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १५ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १५ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

महामारीका १३ महीना : डोटीमा २८६५ संक्रमित, ११ को मृत्यु

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी ९कोभिड(१९० कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।

    जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका(३ का एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसयता संक्रमितहरुको संख्यामा उतारचढाव भएको छ । असार मसान्तसम्म एण्टिजेन बिधिबाट दुई हजार ९२५ जनामा परीक्षण गर्दा ३६६ अर्थात् १२।५१ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै पीसीआर विधिबाट १५ हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४९९ अर्थात् १६ प्रतिशतमा संक्रमण देखिएको छ ।

    २०७८ साल जेठ महीनामा सबैभन्दा बढी ७८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै वैशाख महीनामा ५८६ जनामा संक्रमण देखिएको थियो ।

    यसअघि २०७७ साल असारमा संक्रमण उच्च विन्दुमा देखिएको थियो । उक्त महीना ५२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । फागुन महीनामा भने एक जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएन् ।

    दोश्रो लहरको कोरोना संक्रमणका क्रममा २०७७ साल चैत्रमा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यो संगै दोश्रो लहरको महामारी शुरु भएपछि असार मसान्तसम्म एक हजार ४५३ जना संक्रमित भएका छन् ।

    कुन स्थानीय तहमा कति संक्रमित

    स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको संक्रमाबाट सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिका रहेको देखिन्छ । यस नगरपालिकामा ९६५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्कमा देखिन्छ । परीक्षण बढी भएका कारण पनि दिपायल सिलगढी नगरपालिकामा संक्रमितको संख्या बढी देखिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

    सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ११० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शिखर नगरपालिकामा ४०१, आदर्श गाउँपालिकामा ३८४, केआई सिंह गाउँपालिकामा २५९ र पूर्वीचौकी गाउँपालिकामा २५५ संक्रमित पुष्टि भएका छन् ।
    यसैगरी जोरायल गाउँपालिकामा १७७, बडीकेदार गाउँपालिकामा १७५ र साय गाउँपालिकामा १३९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल व्यक्ति तेजबिक्रम शाहीले जानकारी दिए ।

    मृत्युको तथ्याङ्क

    कोरोना संक्रमणका कारण जिल्लामा तीन महिला र आठ पुरुष गरी ११ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धववहादुर ठगुन्नाले वताए । ‘यस जिल्लाबाट उपचारका लागि अन्य जिल्ला रिफर गरि उतै मृत्यु भएकाहरुको संख्या यसमा गणना गरिएको छैन’ ठगुन्नाले भने, ‘यसमा डोटी जिल्लामै उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरुको मात्रै संख्या राखिएको हो ।’ उपचारका क्रममा अन्य जिल्लाका अस्पतालहरुमा मृत्यु भएकाहरुको तथ्याङ्क उतै राखिने भएकाले यहाँ समावेश नभएको उनले वताए ।

    ठगुन्नाका अनुसार दिपायल सिलगढी नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको । यस्तै शिखरमा एक महिला र एक पुरुष गरी दुई, केआई सिंहमा एक महिला र एक पुरुष गरी दुई, पूर्वीचौकी, बडीकेदार र आदर्शमा एकरएक पुरुषको मृत्यु भएको छ ।

    जिल्लामै उपचारका क्रममा ११ जनाको मात्रै निधन भएको भए पनि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने डोटीका १५ जनाले कोरोना महामारीविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाएका छन् । निर्देशनालयका अनुसार पिसिआर विधिबाट परीक्षण भएकामध्ये १० र एन्टिजेन विधिबाट परीक्षण भएकामध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।
    डोटी जिल्लामा पहिलो लहरको कोरोना संक्रमणको क्रममा केआई सिंह गाउँपालिका(४ का एक पुरुषले ज्यान गुमाएका थिए ।

    परीक्षण गराउने घटे

    पछिल्लो समयमा जिल्लामा स्वेच्छिक परीक्षण गर्नेको संख्या घटेको स्वास्थ्य कार्यालयको अनुभव छ । संक्रमित हुँदा आईसोलेसनमा बस्नु पर्ने र आफुलाई विभेद भएको महसुस गर्ने भएका कारण परीक्षण गराउन पनि आउन नमानेको कार्यालयका कोरोना फोकल व्यक्ति शाही बताउँछन् ।

    परीक्षण गराउन जानु पर्‍योभन्दा उल्टै आफूलाई केही नभएको भन्दै स्वास्थ्यकर्मीहरुलाई समेत गाली गर्ने गरेको शाही अनुभव छ । उनले भने, ‘लक्षण कोरोनासंग मिल्दाजुल्दा देखिएका भए पनि लुकाउने गरेका छन्, यसले गर्दा संक्रमण फैलिन मद्दत गरिरहेको छ ।’ छुट्टै क्वारेन्टिन भएका कारण पनि यो समस्या आएको हुन सक्ने उनी बताउँछन् ।

    • महामारी
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.