• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेश सरकारको एक तिहाइ बजेट फ्रिज

  •  संवाददाता
  • मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरेको वार्षिक बजेटमध्ये एकतिहाइ रकम फ्रिज भएको छ । ३४ अर्ब ६४ करोड ४९ लाख कुल बजेटमध्ये साढे ११ अर्ब खर्च हुन सकेन । सरकारले २३ अर्ब १४ करोड ५४ लाख अर्थात् ६६।८१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार १८ अर्ब २४ करोड २६ लाख रुपैयाँ पुँजीगत ९विकास० तर्फ र १६ अर्ब ४० करोड २३ लाख रुपैयाँ चालु ९साधरण० तर्फ बजेट विनियोजन भएको थियो । पुँजीगततर्फ ७० प्रतिशतभन्दा कम १२ अर्ब ७० करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालुतर्फ १० अर्ब ४४ करोड ४७ लाख अर्थात् ६३.६८ प्रतिशत मात्रै खर्च हुन सकेको छ ।

    प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विकासे मन्त्रालयहरू हुन् । तर यिनै मन्त्रालयको खर्च प्रगति सन्तोषजनक छैन । गत वर्ष सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत थियो । १२ अर्ब ४८ करोड ३४ लाख बजेट रहेको उक्त मन्त्रालयमा ९ अर्ब ५८ करोड १६ लाख रुपैयाँ ९७६ प्रतिशत मात्रै खर्च भएको छ । मन्त्रालयले पुँजीगततर्फ छुट्याएको १२ अर्ब ९ करोड ४८ लाखमध्ये ९ अर्ब २९ करोड ४६ लाख रुपैयाँ ९७६ प्रतिशत० मात्रै खर्च गर्न सकेको छ ।

    शिक्षा, स्वास्थ्य क्षेत्र समेट्ने सामाजिक विकास मन्त्रालयमा भौतिक पूर्वाधारपछि सबैभन्दा धेरै बजेट विनियोजन भएको थियो । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा यो प्रदेश हटस्पट बने पनि आशातित रूपमा खर्च हुन सकेन । मन्त्रालयमा आएको २ अर्ब रुपैयाँ फ्रिज भएको छ । ७ अर्ब ३१ करोड २० लाख बजेट पाएको मन्त्रालयले ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको हो । मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले स्वास्थ्यतर्फको बजेट भने खर्च भएको बताए । ‘शिक्षातर्फको ठूलो बजेट खर्च हुन सकेन । महिला विकास, युवा तथा खेलकुदतर्फ विनियोजित बजेट फ्रिज भएको छ,’ कार्कीले भने, ‘कोरोना संक्रमणकै कारण विद्यार्थीको छात्रवृत्ति शीर्षकको करोडौं रुपैयाँ पनि खर्च हुन सकेन ।’

    गत आवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि ३ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ विनियोजन भएको थियो । तर ७१ करोडभन्दा बढी रकम खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्राप्त बजेटको ७४।६९ प्रतिशत मात्रै खर्च गरेको छ । उसको वार्षिक बजेट २ अर्ब ७८ करोड ४३ करोड रुपैयाँ थियो । जसमध्ये ७० करोड रुपैयाँभन्दा बढी रकम फ्रिज भएको हो ।

    एकतिहाइ बजेट खर्च गर्न नसक्नुलाई आर्थिक क्षेत्रका जानकारहरूले सरकारको अक्षमता भनेका छन् । ‘कोरोनाको बहाना सुनाउनु पन्छिने कुरा मात्रै हो,’ उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पुष्पराज कुँवरले भने, ‘सरकारले आर्थिक वर्षको सुरुदेखि नै क्रमबद्ध कार्यक्रम तथा खर्च गर्ने परम्परा नै बसाल्न सकेन । असारे विकासको चटारो कहिल्यै हटाउन सकेन ।’

    असारमा २७ प्रतिशत खर्च

    प्रदेश सरकारले कुल खर्चमध्ये लगभग एकतिहाइ अर्थात् २७ प्रतिशतभन्दा बढी रकम असारमा मात्रै खर्च गरेको थियो । जेठसम्म कुल खर्च ३९।२६ प्रतिशत अर्थात् १३ अर्ब ४५ करोड ५१ लाख रहेकामा असार अन्तिमसम्म पुग्दा यो आँकडा २३ अर्ब १४ करोड ५४ लाख रुपैयाँ ९६६।८१ प्रतिशत० पुगेको हो । विगतदेखि नै असारमा मात्र बजेट खर्च गर्ने परम्पराको अन्त्य हुनुपर्ने माग उठ्दै आएको भए पनि त्यसको नियन्त्रण तथा व्यवस्थापन भने हुन सकेको छैन ।

    मुख्यमन्त्री त्रिलोचन भट्ट गत आवमा कोरोना महामारीका कारण विकास निर्माणका काम प्रभावित भए पनि समग्रमा कर्मचारी संयन्त्रको परम्परागत कार्यशैली परिवर्तन नहुँदा समयमै खर्च नहुने र रकम फ्रिज हुने गरेको दाबी गर्छन् । ‘हाम्रो कर्मचारी संयन्त्र नै यति धेरै परम्परागत र अल्झाउने खालेको छ कि पुस, माघ नलागी कामै सुरु गर्दैन,’ उनले भने ।

    मुख्यमन्त्री भट्टले आफूले पहिलो चौमासिकदेखि नै तीव्र गतिमा काम गर्न–गराउन बर्सेनि निर्देशन दिने गरेको तर साउनदेखि नै काम सुरु गर्न कुनै अप्ठेरो नहुँदा पनि कर्मचारी संयन्त्रले अनेक बहाना खडा गर्दा लगभग ६ महिना त्यसै खेर जाने गरेको आरोप लगाए । ‘आर्थिक वर्षको अन्तिममा आएर मात्रै किन चटारो हुन्छ त भनेर आफूले सूक्ष्म ढंगले विश्लेषण गर्दा नियतमा खोट हुने गरेको निष्कर्षमा पुगेको छु,’ उनले भने, ‘हतारमा काम गर्नुपर्दा सबैले ध्यान दिन सक्दैनन् र केही कमीकमजोरी गर्न पाइन्छ भन्ने नियत लुकेको देख्छु ।’ -कान्तिपुर

    • बजेट फ्रिज
    • सुदूरपश्चिम
    मङ्गलबार, साउन ०५, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.