• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, पुष २८, २०८२ | Monday 12th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ५ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • २ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

गौरीगङ्गाको न्यायीक समिति : सन्तुष्ट छन्, सेवाग्राही !

  •  संवाददाता
  • बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देश संघिय संरचनामा गइसकेपछि गाँउगाँउमा गएका सिंहदरबार अर्थात् स्थानीय सरकारले जनतालाई प्रत्यक्ष न्यायको अनुभूति गराउने गरी काम कसरी गरेका छन् भनेर हेर्न एक गतिलो र उदाहरणीय पालिका हो कैलालीको गौरीगङ्गा नगरपालिका ।

    गौरीगङ्गा नगरपालिकाको महिला तथा बालबालिका शाखा र स्थानीय सरकारको न्यायमूर्ति रूपमा पालिका उपप्रमुखको नेतृत्वमा रहने न्यायिक समितिले हिंसाका घटनामा परेका महिलाहरूलाई आश्रय दिने ,न्यायमा पहुँच बढाउने ,उहाहरुको जीविकोपार्जनमा मदत पुगोस् भनी आर्थिक सहयोग गर्ने लगायतका अन्य थुप्रै उत्कृष्ट कामहरू गरेकाले जनताले नजिकको स्थानीय सरकारलाई आफ्नै सरकारको रूपमा महसुस गरेका छन् ।
    महिला हिंसा तथा बढ्दो बलात्कारको घटनाका कारण बालिका तथा किशोरीहरू असुरक्षित हुन थालेपछि पालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाका उपप्रमुख अन्चला चौधरीको नेतृत्वमा बालिका तथा किशोरीहरूको लागी आत्मरक्षा तालिम समेत सञ्चालन ग¥यो यसका अलावा उपप्रमुख चौधरीकै नेतृत्वमा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेको छाउपडी प्रथा उन्मुलनका लागी महिनावारी हुँदा बस्न बनाइएका असुरक्षित छाउगोठ भत्काउने अभियान समेत चलायो । पालिकाभित्र रहेका असह्य अपाङ्गता भएका बालबालिकाका लागी छात्रवृत्ति कार्यक्रम, लगायतका कामहरू पलिकाको महिला तथा बालबालिका शाखाले सफलता पूर्वक सम्पन्न गरिसको शाखा प्रमुख भावना जोशी बताउनुहुन्छ ।

    फरक फरक समुदायको बसोबास रहेको नगरपालिकाका विभिन्न वडाहरूबाट न्यायिक समितिमा आउने मुद्दामा पक्ष र विपक्ष दुवैलाई छलफलका माध्यमबाट जित जितको अवस्था सिर्जना गरी सामाजिक मेलमिलापको वातावरण सिर्जना गर्ने गरी काम गर्न न्यायिक समिति लागि परेको गौरीगङ्गा नगरपालिकाका कानुन अधिकृत जयन्द्र ठकुल्ला बताउनुहुन्छ । नगरपालिकाको ११ वटै वडामा मेलमिलाप केन्द्रहरू स्थापना गरी प्रत्येक वडामा मेलमिलाप कर्ताहरू तोकेर पालिकामा रहेका सबैको न्यायमा पहुँच पुगोस् भनेर न्यायिक समितिले आफ्नो गतिविधिलाई अघि बढाएको कानुन अधिकृत ठकुल्लाको भनाई छ ।

    परिवारबाट महिलाहरूले भोगिरहेका समस्याको समाधानका लागी देखिएका चुनौतीको सामना गर्न न्यायिक समितिले गरेका पहल तथा महिलाहरूलाई उहाहरुका हक अधिकारका बारेमा गराएको सचेतनाले पालिकामा महिलाहरू आफूलाई परिवार भित्रै हिंसा भएपनी न्याय माग्न सोझै न्यायिक समितिमा आउने एक किसिमको सचेत अभियान गौरीगङ्गामा अहिले पाइन्छ ।
    आफू राजनीतिक व्यक्ति भएता पनि जनताले निबार्चित गरेर पठाइसकेपछि संविधानले दिएको अधिकार अनुसार सबैलाई समान न्याय दिने न्यायिक समितिको जिम्मेवारी पाइसकेको अवस्थामा राजनीतिक दलमा आस्था राखेको आधारमा कसैलाई भेदभाव नगरी समान न्यायका लागी लाग्नुभएका उपप्रमुख चौधरीको कामले गौरीगङ्गाका जनतामा न्यायपालिका प्रतिको विश्वास अझै अग्लिँदै गएको स्थानीय पूजा बुढा बताउनुहुन्छ ।

    परिवारबाट हिंसामा परेर घरमा बस्न नसक्ने परिस्थिति भई न्यायिक समितिमा न्याय माग्न आएका तथा सुरक्षित बसाई नभएकाहरूलाई पालिका उपप्रमुख चौधरीको नेतृत्वमा महिला तथा बालबालिका शाखाले सञ्चालन गरेको सेभ हाउसमा सुरक्षित रूपमा आश्रय दिएर राखी उहाहरुलाई दिइने न्यायका कारण समेत न्यायिक समितिको कामको सर्वत्र प्रसंसा हुने गरेको छ । घरपरिवारको अपहेलनमा परि नागरिकता बनाउन नपाएका महिलाको नागरिकता बनाउन होस या मानसिक रोगका कारण आफ्नै सन्तान चिन्न नसक्ने महिलाको उपचारमा उपप्रमुख र शाखाले देखाएको तदारुकताले जनताको मन जितेको स्थानीय महिला नर्मा सिंहको भनाई छ ।

    महिला तथा बालबालिकामा सबै समुदायलाई साथसाथै लिएर काम गरिरहेको र कसैलाई विभेद नगरी काम गरिरहेको र गरिरहने उपप्रमुख चौधरी बताउनुहुन्छ । अनुहार हेरेर कसैलाई काखा र कसैलाई पाखा नगरी सबैलाई समान व्यवहार गर्दै न्याय दिने काममा आफू लागिपरेको उहाँको भनाई छ । न्यायिक समितिमा आउने घर झगडा,जग्गा विवाद,लेनदेन,घरेलु हिंसा तथा कुटपिटका मुद्दालाई मेलमिलापको माध्यमबाट दुवै पक्षलाई जित जितको अनुभूति गराई पठाउने गरेको चौधरीले बताउनुभयो । निबार्चित भएर आएदेखि हालसम्म करिब २ सय यस्ता मुद्दा मिलाई सकेको चौधरीको भनाई छ ।

    • गौरीगङ्गा नगरपालिका
    • न्यायीक समिति
    बुधबार, साउन ०६, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.