काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको लागि लचिलो बन्दै गएका छन् ।
बुधबारको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टी एकताका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन् ।
१० बुँदे सहमिति कार्यान्वयमा आफू प्रतिवद्ध रहेको बताउँदै ओलीले भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं ।’
उनले यसअघि भने, ‘पार्टी एकता बचाउनका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु । तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन । अनेक बहाना खोजिएको छ ।’
उनले केन्द्रीय कमिटीमा बहुमत दिनुपर्ने माग मान्न तयार नभएको पनि प्रष्ट पारे ।