• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • ९ घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १३ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १३ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १३ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

सुदूरपश्चिममा आन्तरिक पर्यटक बढ्दै

  •  संवाददाता
  • बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    डोटी,७ साउन – देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले सुदूरपश्चिममा आन्तरिक पर्यटक बढेका छन्। यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्।

    लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन्। खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका हुन्।

    यस्तै सुदूरपश्चिमको डोटी जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा अघिल्लो हप्तामात्र एक हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमणका लागि आएको बताइएको छ। डोटी जिल्लामा पर्ने प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा पनि हिजोआज पर्यटकको घुइँचो लाग्न थालेको छ।

    यहाँ बढ्दो गर्मी छल्न पनि जिल्लाका पर्यटक उक्त झरनामा पुग्ने गरेका छन्। यहाँ दैनिक सयौँ पर्यटक आएर मनोरञ्जन लिने गरेका छन्। कैलाली तथा कञ्चनपुरसहितका यहाँका अन्य सातवटा पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको सो झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको चहलपहल पनि निकै बढेको पाइएको छ।

    अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको उक्त पर्यटकीय क्षेत्रमा आउने पर्यटकका कारण यहाँको चहलपहल तथा व्यापार व्यवसाय बढेको जलादेवी फेन्सी स्टोर बुडरका सञ्चालक लोकबहादुर मल्लले बताए।
    उनले भने,“छहरा झरना निकै आनन्द दिने ठाउँ छ, बर्सातले अहिले उक्त झरनामा पानी पनि निकै बढेको छ, त्यही हेर्न पर्यटक आउने गरेका कारण यहाँ चहलपहलका साथै व्यवसाय पनि बढेको हो।”

    दोस्रो चारणको कोरोना भाइरस कोभिड–१९ का कारण निकै आक्रान्त बनेका यहाँका नागरिक कोरोना सङ्क्रमण दर घटेसँगै अहिले मनोरञ्जन तथा आनन्द लिनका लागि पनि यहाँ आउने गरेको स्थानीयवासी बताउँछन्। कैलाली र कञ्चनपुर जिल्लाबाट आउने पर्यटक बिहान आएर दिनभर झरनामा रमाउने र बेलुका फर्कने गरेका छन् भने अन्य जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीबाट आउने पर्यटक एक/दुई दिन बस्ने गरेका स्थानीयवासी तथा सञ्चारकर्मी शिवसिंह ओलीले बताए।

    उनले भने, “नजिकैबाट आउने पर्यटक दिनभर झरनामा रमाइलो गरी फर्कन्छन्, टाढाबाट आउने एकदुई दिन यतै बसेर फर्कने गरेका छन्।” झरनामा रमाइलो गर्दा स्वर्गीय आनन्द आउने भएकाले पनि पछिल्लो समय उक्त झरना पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनको बुझाइ छ। झरनामा रमाउन आउने पर्यटक नजिकै रहेको छतिवन तालमा डुङ्गा सयर गर्नेदेखि पौडी खेल्ने गर्दछन्।

    “माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्ल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र रु”, उनले भने। प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल–२ छतिवनमा पर्दछ । पछिल्लो समय झरनाले पर्यटकको प्रमुख आकर्षणका रूपमा पहिचान बनाएको छ।

    छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिए।

    उक्त क्षेत्रमा पछिल्लो समय समितिले प्याराग्लाइडिङ र छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरेपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन्। यहाँ आउने पर्यटक तथा यहाँका स्थानीयवासी झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन्। विगतमा खासै नाम नसुनिएको यो झरना अहिले सामाजिक सञ्जालका कारण प्रचारमा आएको बुडरका दानबहादुर कलेलले बताए।

    जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको समितिले जनाएको छ। कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एकदुई दिन त्यहीँ बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ। अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा होटल थपिँदै छन्। यहाँका होटलले पनि राम्रो व्यवसाय सञ्चालन गरिरहेका छन्।

    गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ। कच्ची सडक र पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ। यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउन सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

    उनले भने,“भनेकै बेला सडक कालोपत्र गर्न सकिँदैन तर पनि पर्यटकीय क्षेत्रका सडक सुधार तथा विस्तारका लागि गाउँपालिका लागि परेको छ, छिट्टै यहाँका सडक ग्राभेल गरिने छ।” छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ। बाह्य पर्यटक बढेपछि यहाँको आर्थिक अवस्थामा सुधार हुने सम्भावना रहेको बुडर बजारका अर्का व्यवसायी मीनबहादुर मल्लले बताए।

    उनले भने, “छहरा झरनाको विकास गरेर देश विदेशमा चिनाउनका लागि थप प्रयास गर्नुपर्छ, यसका लागि पर्यटन मन्त्रालयले विशेष चासो देखाउनु जरुरी देखिन्छ।” बुडरलगायतका बजारमा पछिल्लो समय होटेल तथा चमेनागृहको निर्माण धामधम भइरहेको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताए।

    उनले भने, “बुडर क्षेत्रमा पछिल्लो समय सुविधा सम्पन्न होटेल निर्माण भएका छन्, खाना र बस्न राम्रो पाइने भएकाले पनि पर्यटक छहरा र छतिवन तालमा रमाउने आउन थालेका छन्।” छहरा झरनामा पछिल्लो समय जोरायल गाउँपालिका तथा सुदूरपश्चिम प्रदेश सरकारले पनि मन्दिर निर्माण, बाटो निर्माणदेखि झरना छेउमा ट्रस निर्माण गरेका छन्। यहाँको वडा कार्यालयले झरना अवलोकनका लागि पर्यटकलाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाएको छ।

    गाउँपालिकाले झरना क्षेत्रमा निकै रमणीय भौतिक संरचना निर्माणदेखि झरनासम्म जाने मोटर बाटो निर्माण गरेकाले पर्यटकलाई सजिलो भएको छ। यहाँका स्थानीयवासीले छहरा झरनासम्म पुग्ने बाटो पिच गर्न स्थानीय सरकारसँग माग गरेका छन्।

    रासस

    • आन्तरिक पर्यटक
    • सुदूरपश्चिम
    बिहिबार, साउन ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ८.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.