शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने मामिलामा माधवकुमार नेपालसँग खटपट भएपछि सांसद पदबाट राजीनामा दिएका भीम रावलले अन्ततः राजीनामा फिर्ता लिने भएका छन्।
असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए।
रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। नेता नेपालले बिहीबार रावलनिवास टोखामै पुगेर राजीनामा फिर्ताका लागि विशेष आग्रह गरेका थिए।
उक्त आग्रहपछि रावलले नेपाललाई यस विषयमा सोच्ने बताएका थिए। बिहीबार रावलले नेता नेपाललाई राजीनामा फिर्ता लिने जानकारी गराएको नेपाल निकट एक नेताले जानकारी दिए।