कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।बिहीबार से १ प ७४६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका १० का ७३ वर्षीय राम खुनाको मृत्यु भएको हो।
दुर्घटनामा परि गम्भीर घाइते भएको खुनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै दुर्घटनामा खनाकी श्रीमती विष्णु खुना घाइते भएकी छन् । उनको उपचार भइरहेको छ। ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।