• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

काँग्रेसको महाधिवेशन : जिल्ला सभापतिका उम्मेदवारलाई वडामै हराउने खेल !

  •  संवाददाता
  • शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    काँग्रेसको आसन्न महाधिवेशनलाई लिएर क्रियाशील सदस्यताका विषयमा विवाद चर्किएको छ । धनुषाका नेता डा।चन्द्र मोहन यादवसहित तीन जना नेताहरू साता दिनदेखि काँग्रेस मुख्यालयमा आमरण अनशनमा बसेका छन् ।  बारा, सर्लाही र धनुषाकै नेता कार्यकर्ताको धर्ना पनि निरन्तर छ । सामान्यतः वडा, पालिका, प्रदेश र क्षेत्रीय समितिले सिफारिस गरेपछि मात्रै क्रियाशील सदस्यता स्वीकृत हुने भनिएको छ । तर, कतिपय जिल्लामा क्षेत्रीय समितिका सभापतिहरूले मनोमानी गरेर आफुअनुकुल क्रियाशील सदस्यता  थप गरेकाप्रति विरोध भइरहेको छ । त्यही कारण क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन पार्टीसमक्ष बुझाउन सकेको छैन ।
    सुदूरपश्चिमको बाजुरामा पनि त्यस्तै विवाद उत्पन्न भएको छ । काठमाडौँ नजिकका नेता कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना चर्काएपछि बाजुरा काँग्रेसका सभापतिका प्रत्याशी रामसिंह रावल पनि गुनासो बोकेर काठमाडौँ आइपुगेका छन् । १३ औँ महाधिवेशनमा जिल्ला सभापतिका प्रत्याशी रहेका रावल त्रिवेणी नगरपालिकाका मेयर समेत हुन् । उनी १४ औँ महाधिवेशनमा पनि जिल्ला सभापतिको दाबी गरिरहेका छन् । तर, पार्टीको जिल्ला संस्थापनले उनलाई वडामै हराउने षड्यन्त्र रचेको उनको आरोप छ ।
    जिल्ला सभापतिमा उम्मेदवार बन्न वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउनुपर्छ । उनको वडा त्रिवेणी नगरपालिका–८ हो । वडाबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्न सबै क्रियाशील सदस्यले मतदान गर्छन् । तर, रावलले आफ्नै वडामा फर्जी तरिकाबाट क्रियाशील सदस्य थप भएको पत्तो पाएनन् । संस्थापन पक्षका जिल्ला सभापति कविराज पण्डितले आफूलाई वडामै पराजित गर्ने गरी अवैध ढङ्गले अन्य राजनीतिक दलबाट समायोजन भएको नाउँमा क्रियाशील सदस्य थपेको उनी बताउँछन् ।
    उनको वडामा यसअघि ७२ जनाको क्रियाशील सदस्यता नवीकरण भएको थियो । वडा समितिले ८८ जनाको नयाँ सदस्यता थप गरेको थियो । तर, अन्य राजनीतिक दलबाट समायोजनका नाउँमा ९३ जनाको सदस्यता फर्जी गरेर थप गरिएको वडा सभापति छत्रबहादुर थापा बताउँछन् । ‘वडाका पुराना सदस्यको सङ्ख्याभन्दा धेरै अन्य राजनीतिक दलबाट समायोजनका नाउँमा थप गरिएको छ । जबकि त्यसरी थपिएका मान्छे कुनै पार्टीबाट काँग्रेस प्रवेश गरेकै होइनन् । क्रियाशील थप गर्न वडाको निर्णय र सिफारिस आवश्यक पर्छ । वडा समितिको बैठक, सिफारिस र मेरो हस्ताक्षरसमेत किर्ते गरेर सदस्यता सिफारिस गरेको पाइएको छ, फर्जी गरेको वडा कार्यसमितिमा पदाधिकारीको नामै उल्टोसुल्टो छ,’ थापाले भने ।
     अवैधानिक ढङ्गले सदस्यता थप गरेको थाहा पाएपछि उनले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी दिएका छन् । तर, समितिले त्यसलाई मान्यता दिएर अघि बढाउन लागेको थाहा पाएपछि आफैँ काठमाडौँ आउनुपरेको उनले बताए । ‘हामी काठमाडौँ नजिकैका मान्छे होइनौँ । हामी बाजुराबाट आएका हौँ । न सडक छ, न जहाज उड्छ । यस्तो वर्षा, बाढी र पहिलोको सिजन छ । हामी उहाँदेखि यहाँ आउनुपरेको छ,’ जिल्ला सभापतिका प्रत्याशी रावलले भने ।
    जिल्लामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । त्यसैले क्षेत्रीय सभापति र जिल्ला सभापति एकै हुन् । विधानले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अधिकार उनैलाई दिएको छ । तर, सदस्यता स्वीकृत गर्दा चार तहका कार्यसमितिबाट निर्णय भएको हुनुपर्ने वैधानिक व्यवस्था छ । केन्द्रीय क्रियाशील छानबिन समितिले पनि त्यही मापदण्ड बनाएको छ ।
    त्यो व्यवस्था थाहा हुँदाहुँदै जिल्ला सभापतिले फर्जी सदस्यता थप गर्नुमा बदनियत रहेको रावलको भनाइ छ । ‘किर्ते कागजात गरेर थपेको क्रियाशीलले पार्टी कब्जा गर्ने नियत राखेको देखियो । मेरै वडाबाटै मलाई पराजित गरेर पार्टी कब्जा गर्ने उहाँको सोच छताछुल्ल छ, केन्द्रीय समितिले हाम्रो मागबारे सुनुवाइ गरेन भने हामी पनि धर्ना र अनशन गर्न तयार छौँ,’ रावलले भने ।
    बाजुरामा त्यसरी समायोजनमा नाममा सदस्यता थप गरिएको रावलको वडामा मात्रै भने होइन । त्रिवेणी नगरपालिकाकै वडा नं। ७ मा पनि वडा कार्यसमितिले थाहै नपाई ५३ जना सदस्य  थपिएका छन् । ‘कागजात फर्जी तयार गरिएको छ । यतिसम्म कि वडाको निर्णय र मेरो हस्ताक्षर पनि फर्जी छ, त्यसरी थपिएको क्रियाशील सदस्यता कसरी मान्य हुन्छ रु,’ वडा सभापति दिलबहादुर ऐडीले भने ।
    उनका अनुसार वडामा ६२ जना पुराना सदस्यले सदस्यता नवीकरण गरेका छन् । त्यस्तै, ६४ जना नयाँ सदस्य वडा कार्यसमितिले निर्णय गरेरै थपेको छ । तर, जिल्ला सभापतिले ५३ जना नयाँ सदस्य थपेर पठाएका उनले बताए । ‘वडा हाम्रो हो । हामी सबै मान्छे चिन्छौँ । उहाँले मधेसी जनअधिकार फोरमसहित अन्य राजनीतिक दलबाट पार्टी प्रवेश गरेको भनेर सदस्यता थप्नुभएको छ, जबकि त्यहाँ थप भएका मान्छेहरू त्यसरी प्रवेश गरेका मान्छे होइनन् । फेरि त्यसरी थप भए पनि वडा कार्यसमितिले निर्णय गरेर प्रक्रियागत रूपमा पठाउने केन्द्रको निर्णय र परिपत्र थियो, त्यो विपरीत सभापतिले आफुअनुकुल थप गर्नुभएको छ,’ उनले भने ।
    त्यसै गरी त्रिवेणी नगरपालिकाको वडा नं। ४, बुढीगंगा नगरपालिका, बडीमालिका नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा समेत गरी ४५१ जना नयाँ सदस्य थप गरिएको नेता रावलले बताए । ‘अन्य राजनीतिक दलबाट साँच्चिकै प्रवेश गर्नेहरूलाई सदस्यता नदिने कुरा छैन । त्यसमा केन्द्रको निर्णय नै छ । तर, त्यो पनि प्रक्रिया मिचेर गरिएको छ । बाजुराको सदस्यताको सूची बनाउँदा सोलुखुम्बुको दुधकोशी गाउँपालिका कार्यसमितिको छाप प्रयोग भएको समेत पाइएको छ,’ रावलले भने, ‘सबै काम फर्जी भएको छ । त्यसरी फर्जी गरेर थपिएको सदस्यता खारेज हुनुपर्छ ।’
    उनका अनुसार जिल्लामा मधेसी जनअधिकार फोरमले समायोजनका लागि २० जनाको नाम पठाएको थियो । तर, फोरमका नाममा सभापतिले आफुअनुकुल नाम थपेर त्यो सूचीलाई ४५१ पु¥याएका हुन् । बाजुरामा २३४६ पुराना सदस्यले नवीकरण गरेका छन् भने तीन हजार पाँच सय ५७ जना नयाँ सदस्यता थप भएको छ ।
    • उम्मेदवार
    • काँग्रेसको महाधिवेशन
    • हराउने खेल
    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.