• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • ११ घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १७ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

निर्मला हत्याको ३ वर्ष : आमालाई न्याय पाउने आस पनि छैन

  •  अनिता बगाले अनु
  • सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तीन वर्ष भयो कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको। २०७५ साउन १० मा साथीको घर जान हिँडेकी उनको शव नजिकैको उखुबारीमा फेला परेको थियो। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि हत्या भएको देखायो।

    के-के भएन र यो बिचमा। दोषीको पक्राउको माग गर्दै कञ्चनपुरदेखि काठमाडौँसम्मका सडकदेखि सदनसम्म तात्यो। छानबिन समिति बन्यो। पटक-पटक आरोपी भन्दै विभिन्न व्यक्ति पक्राउ परे र छाडिए।

    दुई जना प्रहरी प्रमुख बदलिइसके। सरकार बदलियो। अनि अनुसन्धानमा बदनियत गरेको भन्दै निलम्बनमा परेका र जागिर खोसिएका प्रहरी निर्दोष प्रमाणित भएर काममा फर्किइसके। सरकार प्रमुख हुन् या प्रहरी प्रमुख, निर्मलाको हत्यारालाई छाड्दिन भन्दै आए। तर तीन वर्ष भयो निर्मलाको बलात्कार र हत्यामा संलग्न पक्राउ परेनन्।

    आजै उता कञ्चनपुरमा दोषीको पक्राउको माग भयो। यता काठमाडौँमा प्रधानमन्त्रीले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर निर्मला घटनाको दोषी पक्राउ गर्न निर्देशन दिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ुचाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएु । तर तीन वर्षमा नआएको चाँडो कहिले यकिन भने छैन।

    समितिमाथि समिति तर छैन निष्कर्ष

    ३ वर्षको अवधिमा निर्मला घटनाको छानबिनका लागि टन्नै समिति बने। सबै समितिले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष त निकाले तर कसले भन्न सकेनन्।

    हत्याको अनुसन्धानका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा २०७५ ७ भदौ मा ५ सदस्यीय छानबिन समिति बनाइएको थियो। प्रहरीका डिआइजी र उच्च तहका सरकारी अधिकारी सम्मिलित सो समितिले स्थलगत अध्ययनपछि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको थियो।

    यसबाहेक राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सङ्गठन अनि प्रहरी प्रधान कार्यालयका तत्कालीन डिआइजी धिरु बस्न्यातको नेतृत्वमा समेत छुट्टाछुट्टै अनुसन्धान गरेर प्रतिवेदन बुझाए।

    शङ्का लागेका करिब ८० जनाको डिएनएसमेत परीक्षण भयो। प्रहरीको दाबी अनुसार अनुसार निर्मला घटनाबारे १ हजार बढीसँग सोधपुछ भयो। प्रहरी प्रधान कार्यालयले ३ वर्षमा आधा दर्जनभन्दा बढी टोलीलाई छुट्टाछुट्टै स्थलगत अनुसन्धानमा पठायो।

    कार्य तथा अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरोका अपराध अनुसन्धानमा पोख्तहरू घटनास्थल क्षेत्रमा गए। तर आरोपी पहिल्याउन सकेनन्।

    डिएनएबाट जेलिन सुरु गरेको यो अनुसन्धानको गाँठो राष्ट्रिय मानव अधिकार आयोगले ‘ह्युमन इन्टेलिजेन्स’ को प्रयोग गरेर अनुसन्धान गर्न निर्देश नदिँदा पनि फुकेन।

    नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा, डिएनए विज्ञसहितको टोलीले डिएनएमा मात्र भर नपर्न भन्दै ह्युमन इन्टेलिजेन्सको प्रयोग गर्ने बाटो खोलिदिएको थियो। तर यो बिचमा शङ्का लागेकाको संलग्नताबारे थप प्रमाण भेटिएन। नयाँ आरोपी कोही देखिएन। अनुसन्धान अझै अलपत्रै रह्यो।

    पुरानै विन्दुमा अल्झिएको अनुसन्धान

    शैलेश थापा क्षेत्री प्रहरी प्रमुख भए लगत्तै निर्मला घटनाको अनुसन्धानलाई नयाँ शिराबाट सुरु गर्न निर्देशन दिएका थिए। केही समय अनुसन्धान पनि भयो। तर जति अनुसन्धान गरे पनि शङ्का दिलीपसिंह विष्टमै गएर रोकिने तर उनको संलग्नताबारे प्रारम्भमा बरामद भएका प्रमाणभन्दा थप प्रमाण फेला नपर्दा प्रहरी निचोडमा पुग्न सकेको छैन।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेको दाबी अनुसार निर्मला घटनाको अनुसन्धानमा अहिले पनि तीन टोली सक्रिय छन्। उनको दाबी अनुसार

    केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। तर अनुसन्धान निचोडमा पुग्न सकेको देखिँदैन।

    `परिवारलाई न्याय पाउने आसै छैन´

    ३ वर्ष भयो निर्मलाकी आमाले छोरीको हत्यारा पक्राउ पर्ने दिन कुरेको। तर उनको पर्खाइ अझै उस्तै छ। यो बिचमा अनुसन्धानमा राज्यलाई गर्नुपर्ने सबै सहयोग गरिन् दुर्गा देवी पन्तले। आस कतै छोरीको हत्यारा फेला पर्छन् कि भन्ने न थियो। तर अझै फेला परेन।अब त आस पनि बाँकी छैन। राज्यले आस गर्ने ठाउँ नै दिएको छैन उनलाई।

    ञहत्यामा सङ्लनलाई कानुनी कारबाही नहुँदा सिङ्गो परिवारले नै असुरक्षित महसुस गरेका छौँ,उनले भनिन्,‘हत्यामा सङ्लन अझै पनि खुलेआम घुमिरहेका छन्,दोषीलाई कानुनी दायरमा ल्याउन प्रहरीले चासो नै दिएन झैँ लाग्छ।ु

    किन लम्बियो अनुसन्धान ?

    डिएनए नमिलेको भन्दै अनुसन्धान रुमल्लिएपछि राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धानलाई अलि फराकिलो बनाइदिने काम गर्‍यो डिएनएमा मात्र भर नपर अब ह्युमन इन्टेलिजेन्सका आधारमा पनि अनुसन्धान गर भनेर।

    यो बिचमा अनुसन्धानहरू पनि भए यही विधिबाट। तर जति पटक अनुसन्धान गरे पनि गएर रोकियो दिलीपमाथि नै। तर थप प्रमाण फेला परेनन्। पहिला जुन प्रमाणको आधारमा उनी आरोपी हैन भनियो त्यही प्रमाणको आधारमा मात्र उनलाई पुन आरोपी बनाउने जोखिम उठाउन सकेको छैन प्रहरी प्रशासनले। उनी आरोपी हुन् भन्ने थप प्रमाण जुटेको छैन।

    यो बिचमा प्रहरीले दिलीप रिहा भएपछि सार्वजनिक भएका उनका अभिव्यक्तिलाई थप प्रमाणको रूपमा प्रस्तुत गरेर पक्राउको तयारी नगरेको हैन। जानकार स्रोतका अनुसार त्यसैको आधारमा दिलीपलाई आरोपी बनाउन जिल्ला न्यायाधिवक्ता अधिकारीले मानेनन्। प्रहरीले विश्वसनीय थप प्रमाण सङ्कलन गर्न सकेन। र तीन वर्ष नाघ्दा पनि निर्मलाको परिवारले न्याय पाउन सकेन।

    • निर्मला पन्त
    सोमबार, साउन ११, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ४.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.