निषेधाज्ञा खुकुलो भएसँगै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १५ हजार ८०८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा नेपालमा थप१ हजार ९९३ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै ३३ जना संक्रमितको मृत्यु भएको छ ।